गाई हत्याको क्रम बढ्दो

गाई हत्याको क्रम बढ्दो

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

धनगढी,११ साउन ।
कैलाली जिल्लामा एक पछि अर्को गदै गाई हत्याका घटना सार्बजनिक भैरहेका छन ।

केही महिना पहिले मात्र कैलालीको पुर्बी क्षेत्र बल्चौरमा भएको गाई हत्याको घटनाको चर्चा नसकिदै पुन धनगढी नगरपालिका ७ पटेला नजिकै रहेको सामुदायिक बनमा गाईको हत्या गरिएको खुलेको छ ।

असार महिना यता मात्र पटेला र बेलिको बिचमा रहेको सामुदायिक बनमा १० वटा जति गाईको हत्या भैषकेको स्थानिय महिलाले बताएका छन । उनिहरुका अनुसार चर्च बाट आएकाहरुले गाईको हत्या गरेका हुन ।

आईतबार मात्र सो ठाउँमा गाईको हत्या भएको खबर बाहिर आएपछि सोमबार लक्ष्मिनारायण मन्दिरको अगुवाईमा गएको धार्मीक टोलिले घाईते अबस्थामा रहेको एक गाईलाई धनगढी ल्याएको छ ।

टोलिले खुट्टा, शरिर, टाउको लगायतका ठाउँमा भाला, खुकुरी, ढुङगाले प्रहार गरि रगताम्य अबस्थामा रहेको गाईलाई डल्लबमा बोकी धनगढी पुर्याएको हो ।

गाईको हत्या भएको ठाउँ पटेला पुगेका लक्ष्मिनारायण मन्दिरका ब्यबस्थापक हरि न्यौपानेले भने स्थानिय महिलाका अनुसार केही दिन यता मात्र सो ठाउँमा चार गाईको हत्या भएको छ ।

महिलाहरुले आफुहरु सामुदायिक बनमा घाँस काटने क्रममा १० – १२ जनाको समुहले भाला सहित गाईलाई लखेटदै मारेको देखेको बताएको ब्यबस्थापक हरिले बताए ।

महिलाहरुले झन्डै एक महिनाको अबधिमा यसै ठाउँमा १० जति गाईको हत्या भैषकेको बताएको न्यौपानेले जानकारी दिए ।

स्थानिय महिलाले गाईको हत्या भएको जानकारी गराएपछि आईतबार मात्र सो ठाउँमा कनरी प्रहरी चौकीबाट प्रहरीको एक टोली गएर बुझेको चौकीका ईन्चार्ज छिन्चु रानाले बताए ।

उनले एक गाई घाईते अबस्थामा र अरु हाडखोड मात्र भेटिएको जानकारी दिए ।

सोमबार लक्ष्मिनारायण मन्दिरको अगुवाईमा हिन्दु समर्थकहरुले धनगढी बजारमा गौ हत्याको बिरोध सहित प्रमुख जिल्ला अधिकारीलाई गाईको हत्या गर्नेलाई कार्वाहीको माग गरेका छन ।

जिल्ला प्रशासन कार्यालय पुगेको टोलिले गाई हत्याको घटनाबारे जानकारी गराई कार्वाहीको माग गरेको लक्ष्मि नारायण मन्दिरका स्वामी देबराज आचार्यले बताए ।
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले घटनाबारे पत्ता लगाई दोषीलाई कार्वाही गर्न पहल गरिने बताएको स्वामी आचार्यले जानकारी दिए ।

गाई हत्याको बिरोधमा मंगलबार (आज) धनगढी बजारमा बृहत बिरोध प्रर्दशन गरिने र आजै नै गाई हत्या बिरुद्ध मुद्धा दर्ता गरिने स्वामी आचार्यले जानकारी दिए ।

गाईको हत्या गर्नु भनेको हिन्दु धर्म माथीको प्रत्येक्ष प्रहार रहेको हिन्दु समर्थकहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी