काठमाडौ, ११ साउन ।
नेपालमा नँया बन्न लागेको संबिधान भारत बिरोधी भएको भन्दै भारतीय सांसदले त्यस्तो संबिधान बन्न नदिने चेतावनी दिएका छन् ।
संबिधानको प्रारम्भीक मस्यौदामाथि जनताको सुझाव लिएलगत्तै भारतीय सांसदले सार्वजनिक रुपमा भारत बिरोधी संबिधान कुनै हालतमा नेपालमा जारी हुन नदिने चेतावनी दिएका हुन् ।
विहारको मुजपरपूरमा मिडिया फर बोडर हारमोनी नामक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले नेपालमा चीनको इसारामा मधेश तथा भारत विरोधी संविधान जारी हुन लागेको बताएका छन् ।
मुजफरपुरका सांसद एवम् सत्तारुढ भारतीय जनतापार्टीका नेता अजय निसादले भारत बिरोधि संबिधान नेपालमा जारी हुन लागेको भन्दै त्यसलाई रोक्न जुनसुकै कदम चाल्ने बताउनु भयो ।
उहाले जनतामा छलफलका लागी गएिको मस्यौदाकै आधारमा संबिधान बन्यो भने नेपाल भारतबीचको सम्बन्धमा सिधै असर गर्ने चेतावनी दिदै त्यसलाई सच्याउन भारत सरकारलाई अनुरोध गर्ने बताउनु भयो । भारतीय जनता पनि प्रभावित हुने गरी नेपालमा संबिधान ल्याउन लागएिको उहाको भनाई छ ।
उहाले नेपालका मधेशीहरुमाथि विभेद भईरहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र गृहमन्त्री राजनाथ सिंहलाई भेटि विभेद रोक्न आग्रह गरीने बताउनु भयो ।
यस्तै , मुजफरपुरबाटै निर्वाचित भएका राज्यसभा सदस्य डा अनिल सहनीले पनि चीनको ईसारा र निर्देशनमा मधेश र भारत बिरोधी संबिधान बन्न लागेको धारणा रानुभयो । विभेदकारी मस्यौदा र संविधानको विरोधमा मधेशी दलले गर्दै आएको आन्दोलनमा सीमा क्षेत्रमा रहेका भारतीय नागरीकले पनि तन ,मन र धनले सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
सोहि कार्यक्रममा सहभागी मधेशी जनाधीकार फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद लालबाबुराउत गद्ध र पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले नेपालका मधेशीहरुमाथि विभेद भईरहेको बताएका थिए ।
उनीहरुले संविधान निर्माणबारे जानकारी गराउदै मधेशीहरुमाथि विभेद भएकाले त्यसका बिरुद्ध मधेशी दलहरुले गर्ने आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए ।
नेपाल तथा भारतीय सञ्चारकर्महरुको साझा संगठन मिडिया फोर बोर्डर हारमोनीका अध्यक्ष अमरेनद्र तिवारीको अध्यक्षतामा सम्पन्न अन्तक्रियामा विधायक सुरेश चन्चल , पूर्वविधायक गणेश भारती ,पूर्वउपमेयर विवेक कुमार ,राष्ट्रिय जनता दलका विहार प्रान्त प्रवत्ताा एकबाल महम्मद समी ,भाजपा नेता बेबी कुमारी ,भारतीय कम्युनिस्ट पार्टी माले न्यु डेमोक्रेसीका सचिव रुदल राम ,लोक जनशक्ति पार्टीका जिल्ला अध्यक्ष रामेश्वर महतो पपु ,अधिवत्ता सुधीर ओझा ,सञ्चारकर्मी सितेशकुमार लगायतले धारणा राखेका थिए ।
नेपालको सर्वभौमिकता तथा राजनितिक गतिविधि माथि हस्तक्षेप गर्दै आएको भारतीय पक्षले यो पटक संबिधानका बिषयमा नै सार्वजनिक अभिब्यत्ति दिएको हो ।