काठमाडौ १० साउन ।
इंग्लिस प्रिमियर लिगको उपाधि विजेता चेल्सीले मैत्रीपूर्ण फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाई पराजित गरेको छ ।
अमेरिकाको नरदन क्यारोलिना स्थित ब्यांक अफ अमेरिका स्टेडियममा गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा चेल्सीले पिएसजीलाई टाइब्रेकरमा ६–५ ले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टोली एक एकको बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको २४ औं मिनेटमा जाल्टान इब्राहिमोविचले गोल गर्दै पिएसजीलाई सुवाती अग्रता दिलाएका थिए । तर ६५ औं मिनेटमा चेल्सीका भिक्टर मोसेसले गोल गरेपछि खेल १–१ को बराबरीमा रोकिएको हो ।
टाइब्रेकरमा चेल्सीका गोलकिपर टिबो कर्ट्वाले विजयी गोल गरे । यसअघि गत सोमबार भएको खेलमा चेल्सी न्यु योर्क रेड बुल्ससँग ४–२ ले पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline