बिश्वकप छनोटको उपाधीका लागि नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने

बिश्वकप छनोटको उपाधीका लागि नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाण्डौ,१० साउन ।

टि २० बिश्वकप छनोट प्रतियागिताको उपाधीका लागि आज स्कटल्याण्ड र नेदरल्याण्ड भिड्ने भएका छन । खेल नेपाली समय अनुसार बेलुका सात बजे सुरु हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा हङकङलाई ५ बिकेटले पराजित गर्दै स्कटल्याण्ड प्रतियोगिताको उपाधी नजिक पुगेको हो । द्रोस्रो सेमिफाइनलमा आयोजक आयरल्याण्डलाई ५ बिकेटले पराजित गर्दै नेदरल्याण्डले स्कटल्याण्डसंगको भेट पक्का गरेको हो ।

आयरल्याण्डले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य नेदरल्याण्डले १८ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेदरल्याण्डका बेन कुपरले ४३, पिटर ब्रोनले नटआउट ३६, माइकल स्वर्टले २१ तथा म्याक्स ओडाउडले १७ रनको योगदान दिएका थिए । आयरल्याण्डका केभिन ओब्रायनले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले खेल सकिन एक बल बाँकी हुँदा सबै विकेट गुमाएर १ सय २८ रन बनायो । आयरल्याण्डका केभिन ओब्रायनले ३३, एन्डी बालब्रिनीले ३१, ग्रे विल्सनले २० तथा पल स्टर्लिङले १८ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी