काठमाडौं, ८ साउन । आगामी वर्ष भारतमा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि एसियाली मुलुक ओमान पहिलो पटक छनोट भएको छ । आयरल्याण्डको डब्लीनमा सम्पन्न अन्तिम प्लेअफमा नामिबियालाई ५ विकेटले पराजित गरेपछि ओमान पहिलो पटक विश्वकपका लागि छानिएको हो ।
नामिबियाले दिएको १ सय ४९ रनको विजयी लक्ष्य ओमानले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । जितसँगै ओमानले पहिलो पटक ट्वेन्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको छ ।
विश्वकपमा छानिने टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ट्वेन्टी–२० अन्तर्रा्ष्ट्रियको मान्यता दिने गर्दछ ।
उता अफगानिस्तान लगातार चौथो पटक विश्वकपमा छनौट भएको छ । हिजो भएको प्ले अफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै अफगानिस्तान विश्वकपका लागि छानिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline