कबाठमाडौं, ७ साउन ।
नेपाल ओलम्पिक कमिटीमा लामो समयदेखिको विवाद अन्त्य हुने संकेत देखिएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी र सर्वोच्च अदालतको निर्णयपछि अस्तित्वमा रहेको पुरानो ओलम्पिक कमिटिबीच हिजो भएको वार्ता सहमतिमा पुगेको दावी दुबै पक्षले गरेका छन् ।
काठमाडौंमा हिजो भएको वार्तापछि जारी गरिएको सहमतिपत्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुबबहादुर प्रधान, महासचिव जिवनराम श्रेष्ठ तथा पुरानो कमिटिका अध्यक्ष रुक्मशम्शेर राणाले हस्ताक्षर गर्नुभएको छ । नेपाल ओलम्पिक कमिटिको ४ वर्षे कार्यकाल गत अप्रिल २ तारीखमा सकिएको छ ।
भुकम्पपछिको अवस्थालाई मध्यनजर गर्दै कमिटिको साधारणसभाले अक्टोबर १ सम्मको लागि कार्यकाल लम्ब्याएको थियो । अब हुने साधारणसभाबाट राणा अध्यक्ष रहेको पुरानो ओलम्पिक कमिटिका केही सदस्यलाई कार्यसमितिमा ल्याउने भऽ सहमती दुई पक्षबीच भएको बुझिएको छ ।