काठमाण्डौं, ६ साउन ।
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति समुदायको माग सवोधन हुने गरी महासंघले राखेको सविधानको मस्यौद्धाप्रतिको सुझाव अक्षरस समेट्न माग गरेको छ ।
महासंघले आज बबरमहलबाट निकालेको खबरदारी ऱ्याली वानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सवोधन गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले सविधानमा आदिवासी समुदायको पहिचान सहितको संघीयता सहितका विषयमा दिईएको सुझाव अक्षरस समेट्न माग गर्नु भयो ।
आदिवासी समुदायको हक हित विपरीत सविधान जारी भएमा त्यसको विरुद्ध आन्दोलन गर्ने उहाले चेतावनी दिनु भयो ।
ऱ्याली तथा सभामा विभिन्न जनजाति सभासद एवं महासंघका पदाधीकारी र घट्टक संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

