काठमाडौं, ७ साउन ।
चौथो एकदिवसीय खेल श्रृखलामा श्रीलंका विरुद्धको श्रृँखला पाकिस्तानले कब्जा गरेको छ ।
गएराती सम्पन्न चौथोे एकदिवसीय खेलमा श्रीलंकालाई ७ विकेटले पाखा लगाउदै पाकिस्तानले ५ म्याचको एकदिवसीय श्रृँखला एक खेल खेल्नु अघिनै आफ्नो पक्षमा पारेको हो ।
चौथो एकदिवसीय श्रीलंकामा दिएको २ सय ५७ रनको लक्ष्य पाकिस्तानले ३ विकेट गुमाउँदै ५५ बल बाँकी छदै भेट्टाएको हो । यसअघि टस जितेर व्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५६ रन बनाएको थियोे ।
पाकिस्तानलाई विजयी बनाउनका लागि अहमद साहजादले ९५, मोहम्मद हफिजले ७०, कप्तान अजहर अलीले ३३ र शोएब मल्लिकले अविजीत २९ रन बनाए ।
श्रीलंकाका लासिथ मालिङ्गा, मिलिन्दा शिरिवर्दना र सुरङ्गा लकमले १–१ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त हुन सकेन । खेलको म्यान अफ द म्याच पाकिस्तानका मोहम्मद साहजाद घोषित भए ।