पूर्वी अछामको बिनायक बजारमा ल्याण्डलाईन सेवा सुचारु भए पछि स्थानियमा खुसी छायो

पूर्वी अछामको बिनायक बजारमा ल्याण्डलाईन सेवा सुचारु भए पछि स्थानियमा खुसी छायो

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

 अछाम ६ श्रावण
पूर्वी अछामको बिनायक बजारमा आजवाट नेपाल टेलिकमको ल्याण्डलाईन सेवा सुरु भएको छ । नेपाल टेलीकम अछाम शाखाको पहलमा बिनायक बजारमा सेवा बिस्तार भएको हो ।
एडिएसएल सहितको ल्याण्डलाईन सुविधा उपलब्ध गराई नेपाल टेलिकमले राम्रो काम गरेको ईलाका प्रशासन कार्यालय बिनायकका शेर बहादुर बोहराले बताए । बिनायक बजार र त्यस आसपासका स्थानियलाई भरपर्दो र प्रभावकारी सुचना तथा सञ्चार प्रवाहमा टेवा पुग्ने बोहराको भनाई छ । ल्याण्डलाईन सेवा जोडिदा आफुहरुलाई भरपर्दो हुने र सुचना प्रवाहमा थप सहयोग पुग्ने स्थानिय ब्यापारी लक्ष्मीकान्त बजगाईले बतााए । बिनायकमा नेपाल टेलिकमले ल्याण्डलाईन सुविधा बिस्तार गरेपश्चात स्थानिय खुसी भएको उनको भनाई छ ।
टेलिकमले जडानशुल्क २ हजार ४ सय ७६ रकम लिई सेवा दिएको पत्रकार रमेश रावतले बताए । टेलिकमले कम मात्रामा लाईन जोड्ने बताएको तर स्थानियको माग अनुसार पुर्ती नहुनसक्ने सम्भावना रहेको उनको भनाई छ । टेलिकमको यो अभियानले ईमेल ईन्टरनेट र गुणस्तरीय सुचना प्रवाहमा टेवा पुग्ने स्थानियले आशा गरेका उनलेबताए ।
बिनायक बजार र आसपासमा गरी ४८ वटा लाईन बितरण गर्ने लक्ष्य सहित टेलिकमले एडिएसएल सहितको ल्यााण्डलाईन सेवा सुरु गरेको नेपाल टेलीकम अछाम शाखामा कार्यरत लाईन मेन बृख नगार्जीले बताए । उक्त क्षेत्रमा नमस्ते र स्काई सेवा प्रवाह भईरहेतापनि जनतालाई थप भरपर्दो सेवा सुविधा दिनका लागि एडिएसएल सहित ल्यााण्डलाईन सेवा जोडिएको टेलिकमको भनाई छ ।
पहिलो दिन बुधवार ईलाका प्रशाशन कार्यालय, ईलाका प्रहरी कार्यालय, स्थानिय ब्यापारी लक्ष्मिकान्त बजगाई र रामप्रसाद तिमिल्सैनाको पसलमा लाईन जोडिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी