जन्मदा छोरा , डिस्चार्ज हुदा छोरी /अस्पताल भित्रै साटियो बच्चा

जन्मदा छोरा , डिस्चार्ज हुदा छोरी /अस्पताल भित्रै साटियो बच्चा

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाण्डौ ,६ साउन ।

थापाथलीको प्रशुति गृहमा आज बिहान जन्मिएको बच्चा साटिएकोे भन्दै प्रशासनमा डिएनए परीक्षण माग गर्दै आफन्तले निबेदन दिएका छन् ।

सिन्धुलीको खाम्साङ गाविस १ की रीता पाख्रेलको गत असार २८ गते  बिहान अप्रेशन गरी निकालिएको बच्चा डिस्चार्ज हुने बेला साटिएको बच्चाको बाबु निर्मल पोख्रेलले बताएका छन् ।

अस्पतालले तयार गरेको बच्चाको जन्म दर्ता र राउण्ड बुकमा छोरा उल्लेख गरीएको र डिस्चार्ज गर्ने बेलामा रजिस्टेशनमा परीवर्तन गरी छोरी दिएको पोख्रेलले बताएका छन् ।

उनले अहिले आफुहरुले बच्चा साटियो भनेर आउदा आफुहरुसँग अस्पतालमा भएको सबै कागजमा छोरी भएको प्रमाण रहेको बताएको भन्दै आफुहरुलाई थर्काएको भन्दै आफुसँग भएको जन्म प्रमाणपत्रमा छोरा भएको स्पष्ट डाक्टरले लेखेर सहि गरेको बताए ।

अप्रेशन गरेर बच्चा निकाल्ने डाक्टरले छोरा जन्मिएको भनेर लख्ने अनि बच्चा डिस्चार्ज गरी अभिभावकलाई दिदा छोरी दिने पाख्रेल भन्छन्  हाम्रो बच्चा साटियो त्यसैले अस्पतालाई डिएनए परिक्षणको माग गरेका छौ ।

बच्चा जन्मदा रहेको डाक्टरले छोरो भनेर लेख्ने अनि पछि छोरी कसरी हुन्छ ? अहिले डाक्टरलाई नै भगाउने उनी भन्छन् ।

बच्चा बिरामी भएर कान्तिमा भर्ना गरेपछि मात्रै आफुहरुले कागज हेरेको र छोरा लेखिएको थाहा पाएको आफन्तले जनाएका छन् ।

अप्रशनका क्रममा रहेको डाक्म्टरसँग कुरा गराउन माग गर्दा अस्पताल प्रशासनले नमिल्ने बताएको उनले जनाए । अस्पताल प्रशासनले भने लेख्नमा गल्ति भएको तर बच्चा भने छोरी नै रहेको बताएको छ ।

अस्पताल प्रशासन प्रमुख अमर अमात्यसँग सम्पर्क गर्न खोज्दा उनी सम्पकमा आउन चाहेनन् ।

प्रसुति गृहकी डेपुटि डाईरेक्टर डा. शान्ति रेग्मिले जन्मिएको शिशु छोरी नै भएको बताउछिन् ।

सबै रेकर्डमा जन्मिएको बच्चा छोरी नै भएको अस्पतालसंग प्रमाण रहेको भन्दै उनले अभिभावकले अबिश्वास गरेको भन्दै पन्छिन खोजिन् ।

हाल बच्चाको कान्ति बाल अस्पतालको आईसियु २०२ नम्बर वाडमा उपचार भईरहेको छ ।

अस्पतालले पनि डिएनए परीक्षण गरीदिन सहमती जनाएको उनले बताए । बच्चा साटिएको भन्दै आफन्तले बिरोध जनाएपछि अस्पताल क्षेत्र तनाबग्रस्त बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी