साउन ६ काठमाण्डौं ।
भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारीक नाका बनाउने बारेमा भएको सहमतिको खारेज एवं जनताको हित विपरीत भएको १६ बुदे सहमति र सविधानको मस्यौद्धाको एकसाथ विरोध गर्दै आएको विप्लव माओवादीले साउन ८ गतेको नेपाल बन्द सफल पार्न नया रणनीति तय गरेको जनाएको छ ।
यस अघि पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति दिएर बन्द गर्नुको कारण उल्लेख गर्दै सहयोग गर्न अपील गरेका थिए ।
अहिले वन्द सफल पार्न सविधानको मस्यौद्धाको विरोधमा रहेका साना दलहरुसग‘ बन्दलाई समर्थन गर्ने विषयमा छलफल भईरहेको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
बुझिए अनुसार बन्दको समर्थनमा वैद्य माओवादी छाडेका साना ३३ दलहरुले समर्थन जनाउने बारेमा छलफल गरीरहेका छन् भने फडिन्द्र नेपाल नेतृत्वको राष्ट्रवादी मोर्चाले समेत वक्तव्य दिने तयारी गरेको बताईएको छ ।
यसै गरी माओवादी आफैले राजधानी सहित देशका विभिन्न ठाउमा आज अपरान्ह प्रचारात्मक सभाहरु गर्ने र भोली मशाल जुलुश निकाल्ने तयारी भएको प्रवक्ता प्रकाण्डले बताए ।
यसै गरी उपत्यकाकै अन्य विभिन्न ठाउमा कोण सभाहरु गरिने सो पार्टीले जनाएको छ ।
बन्दका दिनमा बिहानै बाट सबै कार्यकर्ताहरुलाई ठाउ ठाउमा पचिालनको योजना बनाईएको पनि प्रकाण्डको भनाई छ ।
आखिर जनतालाई बन्दले त असर पुऱ्याउछ नि भनी गरिएको प्रश्नमा प्रवक्ता प्रकाण्डले देशको राष्ट्रिय स्वाधीनता खतरामा परेको, जनयुद्ध र जनआन्दोलनको मर्म विपरीत चार दलको सहमतिका नाममा सहमति गरेर जनतालाई धोका दिएकाले सांकेतिक विरोधका लागि बन्द गरिएकाले यसलाई सकारात्मक रुपमा बुझिदिन आग्रह गरे ।
बन्दको बेला एम्वुलेन्स, प्रेस, कुटनीतिक नियोगको सवारी साधन भने चल्न दिईने प्रवक्ता प्रकाण्डले जानकारी दिए ।