पोखरा साउन ५
नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कास्की जिल्लाका विभिन्न सामुदायीक विद्यालयबाट विशिष्ट श्रेणी हालिस गरी एसएलसी परीक्षा उत्तीर्ण गरेका ७० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
सो अवसरमा माओवादी केन्द्रीय सदस्य सावित्री कुमारी दुरा , अखिल क्रान्तिकारीका उपाध्यक्ष पूर्ण सिंह, लगायतको विद्यार्थीहरुलाई सम्मान पत्र दिएका थिए ।
कार्यक्रमा नेकपा माओवादीका केन्द्रिय सदस्य शाबित्री दुरा आस्थाले शिक्षाको आवरणमा राज्यले अन्याय पुर्ण लुट मच्चाइरहेको प्रति आक्रोश व्यक्त गर्नहुदै यसका बिरुद्ध बिद्यार्थी सङ्गठनले सचेतता पुर्वक पहल कदमी लिनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष पूर्ण बहादुर सिहले राज्यले दुई खाले शिक्षा नीति अवलम्बन गरी विभेदकारी शिक्षा प्रणालीको नेतृत्व गरेको आरोप लगाउनु भयो । देशमा रोजगारी सिर्जना नगर्ने तर बिद्यार्थीलाई महङ्गो शिक्षा लिन बाध्य बनाई विदेश पलाएन गराउने नीति लिएको प्रति गम्भिर प्रश्न उठाउदै यो नीति नसक्कीदा सम्म बिद्यार्थी आन्दोलन जारी रहीरहने कुरा व्यक्त गर्नुभएको छ ।
सत्तरी प्रतिशत भन्दा बढी बिद्यार्थी उतिर्ण गराउने बाइस बिद्यालय र विशिष्ठ श्रेणीमा उतीर्ण भएका ७५ जना बिद्यार्थीलाई सम्मानित गरिएको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा तमुवान राज्य समिति संयोजक लोकेश विश्वकर्माले नेपालको शिक्षालयहरु ट्रेनिङ सेन्टरको रुपमा मात्रै खुम्चदै गएको धारणा राख्दै विदेशमुखी शिक्षा अन्त्य नभए देश बिद्यार्थी विहिन हुन सक्ने सम्भावना तर्फ सचेत हुन सम्बन्धित निकाय समक्ष आग्रह गर्नुभएको थियो ।