अन्तराष्ट्रिय बजारमा सुन पाँच वर्षयताकै सस्तो

अन्तराष्ट्रिय बजारमा सुन पाँच वर्षयताकै सस्तो

  • मङ्लबार, साउन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, ५ साउन ।

सुनको भाउ अन्तराष्ट्रिय बजारमा विगत पाँच वर्षयताकै सस्तो भएको छ । विश्व बजारमा भाउ घटेकाले यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ ।

चीनले सुनको मौज्यात घटाएपछि बजारमा आपूर्ति बढ्न गई भाउमा गिरावट आएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यसैगरी, अमेरिकी डलर मजबुत बन्दै जाँदा सुनको भाउमा नकारात्मक असर पर्नुको अर्को मुख्य कारण देखिएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा हिजो प्रतिऔंस सुनको मूल्य एक हजार ७२ अमेरिकी डलरसम्म पुगेको छ । नयाँ बजेटमार्फत सरकारले भन्सार दर कम गरेकाले पनि स्थानीय बजारमा सुनको भाउ थप घट्न सक्ने सुन व्यवसायीले बताएका छन्।

नेपाली बजारमा सुनको भाउ प्रतितोला ४९ हजार ५ सय रुपैयाँ आइपुगेको छ । विगत लामो समयदेखि नेपाली बजारमा सुनको भाउ ५० देखि ५२ हजारको हाराहारीमा कारोबार हुँदै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी