काठमाडौं, ५ साउन ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
आगमी जुलाई २९ र ३१ गते स्कटल्याण्डमै हुने खेलका लागि नेपाली वन डे टिमको घोषणा गरिएको हो । नेपाली वन डे टिममा विकेट किपर महेश क्षेत्री, अल राउण्डर पृथु बाँस्कोटा र वलर अभिनास कर्णलाई समावेस गरिएको छ ।
ट्वेन्टी ट्वेन्टी विश्कप छनौट खेल खेलेको नेपाली टोलीमा रहेका सुवास खकुरेल र विनोद भण्डारीलाई भने टोलीबाट हटाइएको छ । प्रतियोगिताका दौरान घाइते भएपछि सागर पुन पनि नेपाल फर्कने भएका छन । पृथु अहिले इग्ल्याण्डमा केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् ।
यसअघि वन डे का लागि १५ सदस्यिय टोलीमा नपरेका सिद्धान्त लोहनीलाई समेत स्कटल्याण्ड लगिने भएको छ । ट्वेन्टी ट्वेन्टी विश्कप छनौटको अन्तिम खेलमा राम्रो पदर्शन गरेपछि उनलाई टोलीमा समावेस गराइएको जनाइएको छ ।
ट्वेन्टी ट्वेन्टी विश्कप छनौट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली अहिले आयरल्याण्डको डब्लिनमा रहेको छ ।