पोखरा, ४ साउन ।
संबिधानको प्रारम्भीक मस्यौदाको बारेमा दुई दिन जनताको राय सुझाव लिने कार्यक्रम अनुसार पोखरामा पनि सोमबार सुझाव संकलन कार्यक्रम आयोजना गरियो ।
कास्की जिल्ला बाट र्निबाचित सभासदहरुले जिल्ला स्थित बिभिन्न क्षेत्रका मानिसहरु नागरीक समाज तथा राजनितिक दलका कार्यकर्ताहरुको सुझाव संकलन गरेको छ ।
सुझाव संकलन स्थल पोखरा सभागृहको हल भित्र प्रबेश गरि बिप्लव पक्षको नेकपा –माओबादीले प्रतिगमनकारी संबिधानको बहिस्कार गर्न र यो संबिधान जारी भए देश गभ्भीर खतरामा प्रबेश गर्ने भन्दै कालो झण्डा तथा नारावाजी गरेको थियो ।
बिप्लव माओबादीको बिरोध पछि केही कार्यक्रम समेत प्रभावित भएको थियो । कडा सुरक्षा घेरा तोडेर विप्लव माओबादीका कार्यकर्ताहरुले कालो झण्डा तथा नारावाजि गरेका हुन । केही बेर नारावाजी गरेपछि उनिहरुले कार्यक्रम बहिस्कार गरेको घोषणा सहित बाहिरीएका थिए ।
नारावाजी बिप्लवको कार्यक्रम सकिना साथ कार्यक्रम स्थल बाहिर संघिय समाजवादी फोरम नोपलका नेता तथा कार्यकर्ताहरुले बिरोध सहित नारावाजी गरेका थिए ।
सभागृह हल अगाडी उनिहरुले धेरै बेर नारावाजी गरिरहोा । पहिचान बिनाको संघियता र संघियता बिनाको संबिधानले मुलुकमा रहेका उत्पीडीत जन समुदायहरुको हित नगर्ने भन्दै उनिहरुले यस्तो संबिधान आए देशमा रक्तपात हुने चेतावनी दिएका थिए ।
सिमित राजनितिक दलहरुको चाहनाका आधारमा जवरजस्ती संबिधान ल्याउन खोजिएकोमा आफुहरुले बिरोध गरेको संधिय समाजबादी फोरम नेपाल कास्कीका अध्यक्ष दिपक तामाफ्ले बताए ।
कार्यक्रम स्थल अगाडी सभासद डिबि नेपालीले संबिधानको मस्यौदा जलाएका थिए । बिरोधका बिचमा पनि सुझाव संकलन गरिएको थियो । कडा सुरक्षा घेरा भित्र संकलन कार्य गरिएकोले सबेसाधारणको पहुाच भने पुग्न सकेको थिएन ।