भ्रष्टाचार मुद्दामा मुछिएकाले ८ साता सम्म संकटमा रहेको फिफाको नेतृत्व पुन: चयन हुने

भ्रष्टाचार मुद्दामा मुछिएकाले ८ साता सम्म संकटमा रहेको फिफाको नेतृत्व पुन: चयन हुने

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ४ साउन ।
फुटबलको सर्वोच्च निकायका पदाधीकारी भ्रष्टाचार मुद्दामा मुछिएकाले ८ साता सम्म संकटमा रहेको फिफाको नेतृत्व पुन: चयन हुने भएको छ ।

सोमबार जुरिचमा हुने फिफा कार्यसमितीको वैठकले चुनावको मिती तोक्न सक्नेछ । उक्त चुनावले १७ वर्ष देखि फिफा नेतृत्वमा रहेका सेप ब्लाटरको उत्तराधिकारी छान्नेछ

ब्लाटरको समयमा विश्व फुटबलको उच्च तहमा बस्नेहरु भ्रष्टाचारको अभियोगमा मुछिएपछि फिफामा संकट देखिएको थियो ।

सेप ब्लाटर पुन: निर्वा्चित भएपछि बस्न लागेको फिफाको यो पहिलो वैठक हो । अमेरिका र स्विजरल्यान्डका अनुसन्धानकर्मीहरुले अन्तर्रा्ष्टि्रय प्रतियोगिताको आयोजना र प्रशारण अधिकार दिने क्रममा भ्रष्टाचार भएको भन्दै अनुसन्धान थालेपछि दबाबमा परेका ब्लाटरले पुन: निर्वाचित भएलगत्तै फिफा छाड्ने बताएका थिए।

सोमबार फिफा मुख्यालयमा बस्ने विश्व फुटबलको सर्वोच्च निकायको वैठक विश्वभरका सम्पूर्ण फुटबलप्रेमीको साझा चासोको विषय वनेको छ।

वैठकमा खासगरी पदाधिकारी पक्राउ, अध्यक्षको अडान, आगामी निर्वाचनको मिति र उम्मेदवारलगायतका विषयले प्राथमिकता पाउने अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी