४ साउन, अछाम
आर्थीक बर्ष ०७१—०७२ मा अछामका झन्डै २ हजार जनाले राहदानी लिएका छन् । जिल्लाबाट सिफारीस लिएर १ हजार ५ सय २२ जनाले राहदानी बिभागबाट र बाकी ४ सय ९९ जनाले जिल्ला प्रशासनबाट गरी जम्मा १ हजार ९ सय ९७ जनाले राहदानी लिएका हुन । आर्थीक बर्ष ०७१—०७२ मा सबै भन्दा बढी कार्तीक महिनामा २ सय ३३ जना राहदानी लिने मध्ये १ सय ६५ जनाले जिल्लाबाट सिफारीस लिएर राहदानी बिभागबाट राहदानी लिएका छन् भने ६८ जनाले जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् । यस्तै सबैभन्दा कम आर्थीक बर्षको अन्तीम महिना असारमा १२० जना लिएका मध्ये ७५ जनाले जिल्लाबाट सिफारीस लिएर राहदानी बिभागबाट र ४५ जनाले जिल्ला प्रशासन कार्यलय बाट नै राहदानी लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार आर्थीक बर्ष ०७०—७१ मा १ हजार ४ सय ४७ जनाले जिल्लाको सिफारीस बाट र ४ सय ५४ जनाले जिल्ला प्रशासन कार्यालयबाट गरी जम्मा १ हजार ९ सय १ जनाले राहदानी लिएका थिए । यस्तै आर्थीक बर्ष ०६९—०७० मा ६ सय ९१ जनाले राहदानी बिभागबाट र ३ सय ३३ जनाले जिल्लाबाट गरी जम्मा १ हजार २४ जनाले राहदानी लिएका हुन । यस्तै आर्थीक बर्ष ०६८—०६९ मा ४ सय जनाले राहदानी बिभागबाट र २ सय ३६ जनाले जिल्लाबाट गरी ३३६ जनाले र आर्थीक बर्ष ०६७—०६८ मा जम्मा २ सय ५३ जनाले मात्र राहदानी लिएका हुन् ।
मेशिन रिडेबल पासपोर्ड एमआरपी प्रणाली लागुभएदेखी अछाम जिल्लाबाट र जिल्लाबाट सिफारीस गरेर राहदानी बिभागबाट लिनथालेको ५ बर्षको तथ्यांकलाई दाजेर हेर्दा हरेक बर्ष राहदानी लिनेहरुको संख्या देशभरमा जस्तै अछाम जिल्लामा पनी बढ्दै गएको अछामका सहायक प्रमुख जिल्ला अधीकारी आनन्द शर्मा भुषालले बताए । उनका अनुसार राहदानी लिने मध्ये केही मानीसहरुले बिदेश भ्रमण संगै बिकसीत मुलुकमा काम गर्न र बिदेशमा अध्ययन गर्नका लागी बिद्यार्थी भिसामा बिदेशीने गरेका भएपनी अधीकांश राहदानी लिनेहरुभने खाडी मुलुकमा काम गर्नका लागी रहेका छन् ।