कपिलवस्तुमा सभासदहरुको भागाभाग

कपिलवस्तुमा सभासदहरुको भागाभाग

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कपिलवस्तु ।  
लामो समयको प्रतिक्षापछि लेखिएको संविधानको प्रारम्भिक मस्यौदा २०७२ को छलफलको लागी सभासद्हरुले आआफ्नो क्षेत्रमा जिल्ला प्रशासनको माध्यमबाट कडा सुरक्षा घेराका बीचमा लैजादै छन् ।
जनमुखी संविधान नभएको र सबैका कुरा नसमेटिएको भन्दै केही संसदवादी मधेसी दलहरु तथा संसदवाहिरका दलहरुले समेत विरोध गर्दै आईरहेका छन् ।
यसैक्रममा कपिलवस्तुमा पनि त्यहाँस्थित मधेसी दलका नेता कार्यकर्ताहरुले मस्यौदा लिएर पुगेका सभासद्हरुलाई कालो झण्डा देखाएर नाराबाजी लगाएका छन् । मस्यौदामाथी छलफल कार्यक्रमलाई बहिष्कार गर्दै विरोध गरेका हुन् ।
तौलिहवामा आयोजित सो उक्त कार्यक्रमको विरोध गर्दै संघिय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रीक पार्टी, सद्भावना साथै राप्रपा नेपालले संयुक्त रुपमा कार्यक्रम बहिष्कार गर्दै नारावाजी गरेका थिए ।
बहिष्कार कार्यक्रमलाई औपचारिक रुपमा आयोजना गरेका दलहरुले समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य साहसराम यादवको नेतृत्वमा, सद्भावना पार्टीका सभासद् नरसिहं चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको संघिय समाजवादी फोरम नेपालका जिल्ला सचिव सैलेन्द्र यादवले बताए ।
सिमाङ्कन, नामाङ्कन बिनाको संविधान चाहिँदैन, मधेसी जनतालाई दास्रो दर्जाको नागरिक भन्न पाइदैन, १६ बुँदे सम्झौता धोका हो, भन्दै कांग्रेस, एमाले र सरकारका विरुद्धमा मुर्दावादको नाराबाजी लगाई विरोध गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार चर्काे नाराबाजी भएपछि आक्रमण समेत हुन सक्ने संकेत पाएपछि सभासद्हरु भने पछाडीको ढोकाबाट भागाभाग गरेका थिए ।
यदि मधेसी जनताका मागहरुलाई सम्बोधन नगर्ने र जबरजस्ती संविधान ल्याउने निर्णय गरेमा गाउँगाउँबाट नै नेता बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी