बोलिभिया फुटबल संघका अध्यक्ष चाभेज गिरफ्तार

बोलिभिया फुटबल संघका अध्यक्ष चाभेज गिरफ्तार

  • शनिबार, साउन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी २ साउन ।

भ्रष्टाचारको आरोपमा बोलिभिया फुटबल संघका अध्यक्ष कार्लोस चाभेजलाई गिरफ्तार गरिएको छ ।

दक्षिण अमेरिकी फुटबल संघका कोषाध्यक्ष समेत रहेका चाभेजमाथि सरकारी वकिलले संसाधन प्रवन्धनमा भ्रष्टाचारको आरोप लगाएका छन् ।

बोलिभिया फुटबलसँग आवद्ध करिब २० अधिकारीले उनीविरुद्ध अदालतमा प्रमाण पेश गरेका थिए । संघका महासचिव एल्बर्टो लोजादालाई पनि म्याच फिक्सिङको आरोपमा गिरफ्तार गरिएको छ । फिफामा भ्रष्टाचारको आरोपपछि बोलिभियाले आफ्नो फुटबल संघमा अनुसन्धान थालेको हो ।

स्वीटरजरल्याण्ड प्रहरीले गत महिला ज्यूरिखको एक होटलबाट फिफाका सात वरिष्ठ अधिकारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरेको थियो । अमेरिकी न्याय विभागले फिफाका १४ वर्तमान र पूर्व अधिकारीमाथि ‘ठूलो परिमाणमा प्रणालीगत’ तरिकाबाट भ्रष्टाचार फैलाउन दोषी रहेको ठहर गरेको थियो ।

सोही आधारमा उसले स्वीस प्रहरीसँग ती सात अधिकारीलाई गिरफ्तार गर्न मद्दत मागेको थियो । गिरफ्तार गरिएका अधिकारीहरुमा दक्षिण अमेरिकी फुटबल संघका दुई पूर्व अध्यक्ष पनि छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी