मलाई भगवानले बचाए : बस्नेत

मलाई भगवानले बचाए : बस्नेत

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ ।

सायद मलाई भगवानले बचाएका होलान् ! नत्र भए बैशाख १२ गतेको विनासकारी भुकम्पमा परी आज म तपाईहरुमाझ आफ्नो अनुभुती सुनाउन पाउने थिईन । पिडा र दुःख पोख्न पाउने थिईन ।

संचारकर्मी रमेश बस्नेत भन्छन् समय यति बलवान रहेछ दुई मिनेटको अन्तरमा म बाचे ।  ’ भुकम्प आएको बेला बैशाख १२ गते शनिवार भुकम्प आउनु दुई मिनेट अघि मात्र कोठाबाट बाहिर निस्किएको थिए । अचानक जमिन हल्लियो अनी आँखै अगाडी आफुबसेको घर भत्कियो ।

दोलखामा रहेको आफ्नो घरमा फोन लगाए  उता पनि ध्वस्त भएछ ।  अकस्मात आएको यो बिपत्को घटनालाई आफु बाचे भन्ने अनुभुतिका साथ सामान्य जनजीवनमा फर्कने कोसिस गरीरहेको छ ‘ ।

तर तीन महिनासम्म पनि कहि कतैबाट सहयोग जुटेन । घर भत्किएपनि केहि ट्टेफ्टेकै भएपनि सामान बाचेका थिए की ? अहिलेसम्म पनि कोठामा के कति सामान छन् , प्रयोग गर्न मिल्ने छ कि छैनन् थाहा छैन ।

कसैको सहयोग भएन । खान र बस्न नै समस्या छ तर समस्या भयो भनेर कँहा को को सँग जाउ । सबै नेपालीहरु रोईरहेका बेला कसलाई सहयोग गर भन्न’ धेरै पिडा भईरहेको छ । अहिले घर न घाटको भएको छु ।

केहि दिन अगाडी गायक मौसम गुरुङले मेरो अबस्था सुन्नुभएछ । त्यसपछि मेरो डेरा निरीक्षण गरि सहयोग स्वरूप रु १५ हजार दिनुभयो । त्यस्तै लोकदोहोरि गायक बिरबाल ढकालले पनि ५ हजार सहयोग गर्नुभयो । त्यसबाटै अहिले खर्च चलाईरहेको छ , बस्नेत भन्नुहुन्छ ।

उता , लोकदोहोरी गायक गुरुङले संचारकर्मी बस्नेत समस्यामा परेको सुनेकाले केहि सहयोग होस् भन्ने उदेश्यले आफुले सहयोग गरेको बताउनु भयो ।
अहिलदे भने अन्य बिभिन्न संघ सस्थाबाट पनि सहयोग आउने क्रम जारि रहेको बस्नेतले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी