काठमाडौं, १ साउन ।
विश्वकप ट्वेन्टी ट्वेन्टी छनौट प्रतियोगितामा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको छ । यो सँगै नेपाल सन् २०१६ मा भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागि हुन नपाउने भएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ दशमलब ४ ओभरमा मात्र ९३ रनमा अल आउट भयो । नेपालका लागि ओपनर प्रदिप ऐरीले २८, सागर पुनले १५ र सरद भेष्वाकरले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
जवाफमा ९४ रनको झिनो लक्ष्य पछ्याएर ब्याटिङमा आएको पपुवा न्युगिनीले १४ दशमबल १ ओभरमा जित हात पार्यो । पपुवा न्युगिनीका लागि साद भालाले ३४ र टोनी उराले ३२ रन बनाए । नेपालका सोमपाल कामीले र बसन्त रेग्मिले विकेट लिए । अब नेपालले प्रतियोगितामा आफ्नो अन्तिम खेल शनिबार जर्सीसँग खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline