नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १ साउन ।  ट्वान्टी २० विश्वकप छनोट खेलमा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार आज दिउँसो पौने तीन बजे आयरल्याण्डको डब्लिनमा सुरु हुनेछ ।

समुह ए मा रहेको नेपालले ४ खेलबाट ३ अंक जोडेको छ भने तीन खेल खेलेको पपुवा न्युगिनीको ५ अंक रहेको छ ।

समुहमै रहेको हङकङ र नामीबियाको पनि समान तीन अंक रहेपनि नेपाल नेट रनरेटका आधारमा पछि परेको छ ।

हङकङसँगको हारपछि शीर्ष दुई स्थानमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको नेपालका लागि प्लेअफ स्थानमा पुग्न  आजको खेल जित्नैपर्ने दवाव छ ।  प्रतियोगितामा निकै फर्ममा देखिएको पपुवा न्युगिनी नेपालका लागि कडा प्रतिद्धन्द्धी मानिन्छ ।

छनोट प्रतियोगितामा लगातार दुई पटक विजेता आयरल्याण्ड माथि सनसनीपूर्ण जीत निकालेको पपुवा न्युगिनी प्रतियोगिताकै एक्लो अपराजित टोली हो । सात टीम सहभागी रहेको समुह ए मा नेपाल पाँचौ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी