काठमाडौं, १ साउन ।
केशव विष्ट सदस्यसचिवमा नियुत्त भएपछि आज राष्ट्रिय खेलकुद परिसदको पहिलो बोर्ड बैठक बस्दै छ ।
खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राखेपका पूर्व सदस्यसचिव युवराज लामाबीचको बिबादका कारण राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । मन्त्री पौडेलले विष्टलाई असार १० गते सदस्यसचिवमा नियुत्त गरेका थिए ।
आजको बैठकमा सातौ राष्ट्रिय खेलकुद ,दक्षिण एसियाली खेलकुदमा सहभागीता ,कर्मचारी बढुवा ,स्थाई प्रक्रिया तथा क्षेत्र र जिल्ला खेलकुद विकास समिति गठनको बिषयमा छलफल हुने छ ।
पूर्वान्चलमा गर्ने सातौको आयोजना मिति ,ठाँउ र खेल संख्याबारे निर्णय लिईने विष्टले जानकारी दिए । यस्तै १२ औ सागको सहभागीताका बिषयमा पनि बैठकमा छलफल हुनेछ ।
११ बर्षदेखि राखेपका कर्मचारीको बढुवा तथा करा कर्मचारीको स्थाई प्रक्रिया थाल्ने बिषयमा पनि छलफल हुनेछ ।
यसैगरी सुदुरपश्चिम बाहेकका ४ क्षेत्र र ललितपुर ,कैलाली र सप्तरी बाहेकका ७२ जिल्ला खेलकुद विकास समिति गठनको प्रक्रिया थाल्ने बिषयमा पनि छलफल हुने विष्टले बताए ।