आज साउने संक्रान्ति पर्व मनाइदै

आज साउने संक्रान्ति पर्व मनाइदै

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ, १ साउन । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।

ज्योतिष शास्त्र खनुसार सौर तिथिको हिसाबले आजदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

विभिन्न फलफूल चढाएर ‘कण्डारक’ नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाको रोगबाट बच्न सकिने जन विश्वास रहिआएको छ । आज कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति बाली आ आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने चलन छ ।

लुतो फाल्दा घरभित्र दूषित किटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टा बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । आजैबाट हिन्दु महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनाको ब्रत बस्ने चलन छ ।

यता किराती समुदाय भने साउने संक्रान्तिलाई सिसेक्पा तङ्नामको नामले मनाईन्छ्र । किराती समुदायले आजको दिन आफ्नो ईष्ट देवको सम्मानमा नयां पाकेका फलफुलहरू डोरिमा उनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी