न्यायाधिसको सरुवाका कारण बार्षिक लक्ष्य पुग्न सकेन

न्यायाधिसको सरुवाका कारण बार्षिक लक्ष्य पुग्न सकेन

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 सल्यान ,३१ असार  ।

सल्यानमा यसबर्ष ६७ प्रतिशत मुद्दा मात्र फछ्यौट भएका छन । गत बर्षको जिम्मेवारी सहित २८८ मध्ये १९४ मुद्दा मात्रै फैसला हुदा बार्षिक लक्ष्य पुग्न सकेको छैन ।

जिल्ला न्यायधिस शिशिरराज ढकालको नवलपरासी सरुवा भएको ठाउमा लक्ष्मीराम ढुंगाना हाजिर भै नसकेकाले बार्षिक लक्ष्य पुग्न नसकेको जिल्ला अदालत सल्यानले जनाएको छ ।

यस बर्ष जिल्लामा सबैभन्दा बढि सम्बन्ध विच्छेदका मुद्दा ९७ र घरेलु हिंसा सम्बन्धि कुनै मुद्दा दर्ता भएका छन । सम्बध विच्छेदका ६८ फछ्यौट भैसकेका छन भने २९ मुद्दा बाकी रहेका छन ।

त्यस्तै अंश सम्बन्धि ६५ मध्ये ४४ फछ्यौट भैसकेका छन भने २१ बाँकी रहेका छन । त्यस्तै जुवा, चन्दा, मानव वेचविखन, छुवाछुत तथा जातिय भेदभाव सम्बन्धी एक एक वटा मुद्दा छन ।

यस बर्षको फैसला कार्यान्वयनमा कैद अंकको असुली ११४ प्रतिशत, जरिवानाको असुली ८५ प्रतिशत र निवेदन फछ्यौट ९४ प्रतिशत रहेको छ ।

त्यस्तै गत बर्ष ४५ थान मुद्धा जिम्मेवारी सरी आएकोमा यसबर्ष ९५ थान मुद्धा सर्ने भएका छन र ती सबै १ बर्षभित्रका छन । अदालतले यसबर्ष फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ ।

फैसला कार्यान्वयन कै सिलसिलामा थोरै जरिवाना भएका व्यक्तिहरुलाई हुलाक मार्फत पत्राचार गरिएकोमा कतिपयले आफै अदालतमा उपस्थित भई जरिवाना बुझाएका छन भने कतिपयले बन्दी खाममा रुपैयाँ राखि जरिवाना बुझाएको अदालतले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी