सल्यान ,३१ असार ।
सल्यानमा गैह्र काष्ट वन पैदावरबाट यस बर्षमात्रै २ करोड १५ लाख १५ हजार ५५९ रुपैयाँ ९० पैसा राजस्व संकलन भएको छ ।
जिल्ला वन कार्यालयको तथ्यांक अनुसार राष्ट्रिय वन अन्र्तगत संकलन तथा छोडपुर्जी दिइएको जडिबुटीहरुको परिमाणको आधारलाई विश्लेषण गर्दा यस्तो तथ्यांक सार्वजनीक भएको हो ।
गत चैत्र देखि हालसम्म चार महिनाको अवधिमा मात्रै २० हजार १ सय २५ मेट्रिक टन परिमाणको जडिबुटि जन्य वन पैदावारबाट १ अर्व ६२ करोड ७६ लाख ८२ हजार ३ सय रुपैयाँको कारोबार भएको जिल्ला वन कार्यालय सल्यानले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
जिल्लाबाट टिमुर, दालचिनीको बोक्रा, काकरसिगे, पाखनभेद, तेजपाता, तिगेडी, गोकुलधुप, काउलाबोक्रा, अमला र बज्रदन्ति जस्ता जडिबुटि बाहिर निर्यात हुने गरेको पाइन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline