सभासद् र मन्त्रीहरुले समेत डिभि, पिआर राख्न नपाउने : मन्त्री पण्डित

सभासद् र मन्त्रीहरुले समेत डिभि, पिआर राख्न नपाउने : मन्त्री पण्डित

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

भक्तपुर ,असार ३१ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अब सभासद् र मन्त्रीहरुलाई समेत डिभि, पिआर राख्न नपाउने बताउनु भएको छ ।

रफत सञ्चार क्लवले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पण्डितले विगतमा प्रधानमन्त्री, मन्त्री, राजदुत लगायत निजामतिभित्र डिभि, पिआर व्याप्त रहेता पनि अव केहि समयमै मुक्त हुने बताउनु भयो ।

उहाँले भन्नु भयो निजामती भित्र डिभि, पिआर मुक्त गर्दै अब अन्य क्षेत्रमा समेत काम गर्न नपाउने र काम गरेको भेटिए कारवाहिको दायरा ऐनले समेटेकाले यसलाई इमान्दार लागु गर्न आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो ऐनले समेत कर्मचारीलाई राष्ट्र सेवकको काम थालेपछि राष्ट्रको हितमा आफ्नो समय खर्चनु पर्ने भएता पनि विभिन्न एनजीओ र आईएनजीओका साथै अन्य स्थानमा काम गर्ने अवस्थाको सकिएको छ । यदी कसैले अटेर गरेरमा उसको जागीर समेत जाने उहाँले बताउनु भयो ।

नेपाली लाखौं युवा बिदेशीनु परेको अवस्थालाई मध्यनजर गर्दै श्रम बैंक नीति कार्यक्रमलाई समेटिँदै व्यवहारमा लागू गर्न सकिए देश भित्रै रोजगारको अवसर श्रृजना गर्न सकिने भन्दै १० बर्ष भित्र नेपाली कुनै पनि युवा शक्ति श्रमका लागि बिदेश जाने अवस्थाको अन्त्य हुने उहाँको टिप्पणी थियो ।

उहाँले  संविधान जारीलाई अव कसैले रोकेर रोक्न नसक्ने भन्दै संविधानको मस्यौदा संकलन पश्चात संविधान जारी हुने बताउनु भयो ।  लिपुलेकको विषय वर्तमानमा सबै नेपालीको चासो भएकाले समस्या समाधानका लागी नेपाल सरकारले कुटनीतिक पहल गरिरहेको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी