एजेन्सी ,३१ असार ।
वान डे सिरीजमा बंगलादेशले पहिलो पटक दक्षिण अफ्रीकालाई हराएको छ । तीन खेलको सिरीज बंगलादेशले २ – १ ले जितेको हो ।
यसअघि बंगलादेशले घरेलु मैदानमा जिम्बाब्बे ,पाकिस्तान र भारतलाई हराएको थियो । बर्षाका कारण प्रभावित तेस्रो वान डे खेलमा ४० ओभरमा दक्षिण अफ्रीका ९ विकेटको क्षतिमा १ सय ६८ रनमा आउट भएको थियो ।
डकवर्थ लुईस नियम अनुसार १ सय ७० रनको लक्ष पाएको बंगलादेशले २६ ओभरमा नै लक्ष भेटाउदै ९ विकेटले जित हात पारेको हो ।
उसका लागी सौम्य सरकारले ९० रन तथा तमीम ईकबाल ६१ रन बनाएका थिए । सौम्य मेन अफ द म्यच घोषित भए ।
यस्तै शाकिव अल हसन र मशरफे मुर्तजाले यो म्याच सँगै आफ्नो २ सय विकेट समेत पुरा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline