नेपाल विश्वकप क्रिकेट छनौटबाट बाहिरीने खतरा, हङकङसग‘ ५ विकेटले पराजीत

नेपाल विश्वकप क्रिकेट छनौटबाट बाहिरीने खतरा, हङकङसग‘ ५ विकेटले पराजीत

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, ३० असार ।

विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल हङकङसग ५ विकेटले पराजीत भएको छ । यो पराजय सगै नेपालको विश्व कप छनौट कमजोर बनेको छ ।
टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गर्दै हङकङलाई १ सय १० रनको चूनौती दिएको थियो । नेपालको चूनौती हङकङले ५ विकेट गुमाएर १९.१ ओभरमा पुरा गऱ्यो । नेपालका लागि बसन्त रेग्मीले सर्वाधीक ४ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।
नेपालको शुरुवात आज पनि राम्रो रहेन । ओपनर सुभाष खकुरेल २ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल शुन्य रनमै आउट भए भने पारस खड्का १ रनमा आउट भए । त्यसै गरी प्रदीप ऐरी पनि शुन्य रनमै आउट भए ।
नेपालको पारी राजेश पुलामीले केही उकासे । उनले कुल ३४ बलमा २ छक्का सहित २५ रन जोडे । त्यसै गरी शरद भेस्वाकरले २४ बलमा २ चौका र १ छक्का सहित २७ रन जोडे । बसन्त रेग्मीले ११ रन जोडे ।
सोमपाल कामीले १६ रनमा आउट भए  । उनले १ छक्का प्रहार गरे । शक्ति गौचन २ रनमा अन्तिम ओभरकोअन्तिम बलमा आउट भए ।
हङकङका हाशिब आमजादले ४ विकेट लिए पछि नेपाल धरापमा परेको थियो । हङकङका लागि निजाकात खानले सर्वाधीक २५ रन जोडे ।
यस अघि आयरल्याण्ड विरुद्ध कमजोर प्रदर्शन गरेको नेपालले नामिवियासग‘ अंक बाड्यो भने अमेरीका विरुद्ध जीत निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी