असार ३० बिर्तामोड । सवारी चालक अनुमति पत्र बनाउादा मेडिकल रिपोर्ट अनिवार्य छ । यातायात व्यवस्था कार्यालयमा सूचिकृत मेडिकलले मात्र मेडिकल रिपोर्ट दिन पाउने प्रावधान छ । तर, बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयको अगाडि निरोगिताको प्रमाणपत्र दिने एउटा मेडिकल छ । जुन वैधानिक छैन ।
‘अपूर्व प्याथोलोजी क्लिनिक मेचीनगर १ धुलाबारी’का नाममा यातायात कार्यालयको गेटकै अगाडि सञ्चालन भइरहेको सो मेडिकल बिना स्वीकृति खुलेआम सञ्चालन भइरहेको छ । निरोगिताको प्रमाणपत्र प्रदान गर्न निवेदकको रगतको समूहसागै छारेरोग, पागलपन, रिागटा लाग्ने वा मुर्छा पर्ने, फोक्सो वा हृदयसम्बन्धी र कुनै पनि किसिमको मानसिक रोग भए/नभएको जााच गर्नुपर्ने प्रावधान छ ।
त्यसैगरी आाखासम्बन्धी विभिन्न रोग, श्रवण शक्ति र शारीरिक स्वास्थ्य अवस्था ठीक भए/नभएको जााच गर्नुपर्छ । तर, सो मेडिकलले अनुहार हेरेको भरमा निरोगिताको प्रमाणपत्र तयार पार्छ । मेडिकलले बिर्तामोडस्थित कनकाई हस्पिटलमा कार्यरत डा. प्रेम पौडेलको नामको स्टाम्प प्रयोग गरिरहेको छ । अचम्मको कुरो त के छ भने, मेडिकलमा बसेकै व्यक्तिले उक्त निरोगिताको प्रमाणपत्रमा डा. पौडेलको हस्ताक्षर गर्ने गरेका छन् । सरकारको उप– सचिव स्तरको कर्मचारी प्रमुख रहेको यातायात ब्यवस्था कार्यालय मेचीले यस्ता प्रमाणपत्रलाई आाखा चिम्लेर बैधानिकता दिनुले कमिशनको चलखेल भएको हुनसक्ने आशंका छ । उक्त निरोगीताको प्रमाणपत्रमा डा. पौडेलको एनएमसी नम्बर १३३२७ भएको स्टाम्प र किर्ते हस्ताक्षर गरिएको छ ।
यता कनकाई हस्पिटलका निर्देशक फडिन्द्र चापागाईले भने केही महिनाअघि नै डा. पौडेलले ३०/४० ओटा प्रमाणपत्रमा हस्ताक्षर गरेको तर अहिले छोडिसकेको दावी गरेका छन् । यसबारेमा बुझ्न डा. पौडेलको सम्पर्क नम्बर माग्दा चापागाईले आफूसाग फोन नम्बर नभएको भन्दै पन्छिएका थिए । ‘यातायातमा राम्रो काम मात्र कहाा हुन्छ र ?,’ चापागाईले सम्झाउन थाले ।
यता यातायात कार्यालयका कर्मचारी यदुनाथ दाहालले भने सूचिकृत भएका मेडिकलले मात्र निरोगिताको प्रमाणपत्र प्रदान गर्न पाउने स्पष्ट पारेका छन् । ‘हामीले सूचना प्रकाशन गरी सूचिकृत गर्न आह्वान गरेका छौं,’ उनले भने, ‘सूचिकृत भएको भए प्रमाणपत्र दिन पाईन्छ, अन्यथा पाइादैन ।’