नेपालले आफ्नो चौथो खेलमा आज हङकङको सामना गर्दै

नेपालले आफ्नो चौथो खेलमा आज हङकङको सामना गर्दै

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, ३० असार । विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपालले आज हङकङको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार साँझ सात बजेपछि आयरल्याण्डको बेलफास्टमा सुरु हुनेछ ।

नेपाल तीन अंक सहित समुहको चौथो स्थानमा छ  । तीन खेल खेलेको नेपाल आज हङकङलाई पराजित गर्दै अंक तालिकामा आफ्नो स्तर सुधार गर्ने लक्ष्य सहित  मैदान उत्रदैछ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि नामिबियासँग अंक बाँडिएको थियो ।

यस्तै तेस्रो खेलमा नेपाल अयोजक आयरल्याण्डसँग ८ विकेटले पराजित भएका थिए । आजको खेलमा जित हात पार्न सके नेपालको विश्वकप छनौटका लागि सहज बाटो जिवितै रहने छ ।

चिरपरिचित प्रतिद्धन्द्धी हङकङमाथि नेपालको विगत केही राम्रो रहेपनि आजको खेलमा जित निकाल्न संघर्ष गर्नु पर्ने देखिन्छ । ट्वेन्टी–ट्वेन्टी छनौट प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलको हङकङ एक अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी