आर्थिक बर्ष ७२-७३ को बजेट आज सार्वजनिक हुदै

आर्थिक बर्ष ७२-७३ को बजेट आज सार्वजनिक हुदै

  • मङ्लबार, असार २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, २९ असार ।

सरकारले आगामी आर्थिक बर्ष ७२÷७३ को बजेट आज सार्वजनिक गर्दै छ ।

पहिलो संविधानसभाको निर्वाचनपछि राजनीतिक अवरोध विना समयमै आउन लागेको बजेटको आकार ८ खर्ब २५ अर्बसम्मको हुनेछ । बजेटमा भूकम्पपछिको पुनर्निर्माण र सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार पुनर्निर्माणमा यो वर्ष ९० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । राष्ट्रिय योजना आयोगले भूकम्पपछिको पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो।

कर्मचारीको तलब वृद्धि नहुने र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाएर अधिकतम डेढ करोडसम्म पुग्ने स्रोतले उल्लेख गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

आगामी बजेटमा वृद्धभत्ता दोब्बर बढाएर हजार रुपैयाँ पुग्ने भएको छ भने दलित तथा पिछडिएका वर्गका बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम ल्याइएको छ ।

त्यस्तै स्थानीय निकाय निर्वाचनका लागि पनि बजेट विनियोजन गरिने भएको छ । पुर्ननिर्माणमा खर्च बढ्ने तर राजस्व कम उठ्ने भएपछि दातृ निकाय र आन्तरिक ऋणबाट श्रोत परिचालन गरिएको छ । करका दरमा खासै परिवर्तन नगरिए पनि दायरा बढाउने कार्यक्रम बजेटमा आउने अर्थमन्त्रालयले बताएको छ । आय करको सीमामा भने वृद्धि हुने भएकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी