काठमाडौ २८ असार
अर्को वर्ष भारतमा हुने ट्वान्टी २० विश्वकप छनोट खेलमा नेपालले आज बालियो प्रतिद्धन्द्धी आयोजक आयरल्याण्डको विरुद्ध खराब प्रदर्शन गर्दै ८ विकेटले पराजीत भएको छ ।
नेपालले दिएको ५४ रनको लक्ष्य आयरल्याण्डले केबल २ विकेटको नोक्सानीमा ८ ओभरमा पुरा गऱ्यो ।
टस हारेर व्याटीङको निम्तो पाएको नेपालले शुरुवाती तीन ओभर सम्म राम्रो खेले पनि त्यस पछि लगातार विकेट पतन हुदै अन्तत: १४.३ ओभरमा पुरै विकेट गुमाएर केवल ५३ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि सागर पुनले २० रन र कप्तान पारस खड्काले १० रन जोड्नु बाहेक कुनै पनि व्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । आजको खेलमा नेपालको व्याटीङ लाईन निकै कमजोर देखिएको छ ।
नेपालले कुनै पनि प्रतिद्धन्दी विरुद्ध सबै भन्दा कम रन बनाएको यो दोस्रो पटक हो ।
बलिङ तर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए ।
पाउल स्टर्लीङले विष्फोटक व्याटीङ गर्दै २० बलमा २९ रन जोडे पछि आयरल्याण्ड सहज रुपले विजयी भएको हो । उनलाई सोमपालले आउट गरेका थिए ।
दुई खेलबाट ४ अंक जोडेको आयरल्याण्ड समुहको शीर्ष स्थानमा छ भने दुई खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा नेपालले अमेरिकालाई परजित गरेको थियो भने वर्षाका कारण खेल प्रभावित भएपछि नामिबियासाग अंक बााडेको छ ।