पोखरा, २८ असार ।
नेपालको प्रचलित कानुन अनुसार आर्थिक लेनदेनको बिषयमा नेपाल प्रहरीले कुनै पनि मुद्धा हेर्न वा निणयार्थ प्रस्तुत गराउन पाउने अधिकार हुदैन ।
शान्ति सुरक्षा, अमनचयन तथा समाजमा हुने बिभिन्न खाले अपराधिक कृयाकलाप नियन्त्रणको जिम्मेवारी पाएको नेपाल प्रहरीले आफ्नो अधिकार क्षेत्र भन्दा पनि बाहिर गएर लेनदेनको कारोवारमा पनि हात हालेको उदाहरण भेटिने गरेका छन ।
बिषेशगरि समाजमा हुने गरेका अबैधानिक ढुकुटीका लेनदेन समेत प्रहरीकोमा गएर मिलापत्र हुने गरेका छन ।
नेपाल सरकारले अबैध मानेको मिटर ब्याज तथा ढुकुटी खेलाएर रकम असुल गर्न नसकेपछि प्रहरीलाई गुहार्ने चलन पोखरामा रहेको छ । मिटर ब्याज बाट आउने अबैध कारोवार र रकमको बारेमा पनि प्रहरीले चासो देखाएर कारोवार मिलाउन सकृय भएको देखिन्छ । यद्यपि आफु अनुकुल भएन भने त्यही प्रहरी कार्यालयले आफुहरुको क्षेत्रअधिकार भित्र नभएको भनेर पन्छाउने गरेका गुनासो आएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा एउटै र उस्तै प्रकृतिको घटनामा प्रहरीको फरक धारणा आएपछि पोखराको बिरौटाका एक सेवाग्राहीले प्रहरी माथिको बिस्वास गुमेको प्रतिकृया दिए । आफुहरुको रकम सापटी लगेको र फिर्ता नदिएपछि प्रहरीमा उजुरी गर्न आउदा अदालत जानु भनेका प्रहरी स्वयंले आफुले तिर्नु पर्ने भनि दिएको निवेदनमा भने बिभिन्न खराव शब्द प्रयोग गरेर धम्काउने काम गरेको ति सेवाग्राहीले बिग न्युज संग भने ।
एउटै र उस्तै प्रकृतिका केशमा पनि आफु अनुकुल धारणा बनाउने प्रहरीको कृयाकलाप प्रति आफु आजित बनेको उनको भनाई थियो । कि मेरो फसेको रकम पनि उठाउन पर्यो हैन भने मैले दिनु पर्ने रकमको बारेमा मात्र किन प्रहरी पछि लाग्छ ? उनले भने । कानुनमा स्पष्ट उल्लेख भएको बिषयमा पनि प्रहरीले मान्छे हेरेर काम गर्ने गरेको उनिहरुको गुनासो छ ।
आफु लाई केही प्रलोभन देखाएमा प्रहरी आफै सक्रिय भएर लाग्छन अन्यथा दुःख दिने काम मात्र प्रहरी बाट हुने गरेको उनिहरुको भनाई छ । कहिले काँही ब्यबहारीक पाटो लाई हेरेर आफुहरुले कुनै – कुनै कारोबारमा केवल मध्येस्तकर्ताकोे भुमिका खेलेको प्रहरीको भनाई छ ।
आफुहरुको क्षेत्रअधिकार भित्र नपर्ने भएपनि प्रहरीले फोन गरेपछि वा फलो गरीदिदा कोही अन्याय बाट जोगिन्छ भन्ने लागेमा यस्ता काममा पनि प्रहरीले सामान्य रुपमा सकारात्मक बनेको प्रहरीको दावि छ ।
यसरी प्रहरीले आफुखुुसी तजविज प्रयोग गरिदिदा मानिसहरु थप अन्यौलमा परेको छन ।