काठमाडौ २८ असार । अर्को वर्ष भारतमा हुने ट्वान्टी २० विश्वकप छनोट खेलमा नेपालले आज बालियो प्रतिद्धन्द्धी आयोजक आयरल्याण्डको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार आज बेलुका सात बजेपछि आयरल्याण्डको बेलफस्टमा हुनेछ ।
समुह एमा रहेको दुवै टोली आजकोे खेलमा जित निकाल्दै आफूलाई समुहको शीर्ष स्थानमा राख्ने दाउका साथ मैदान उत्रदैछन् ।
दुई खेलबाट ४ अंक जोडेको आयरल्याण्ड समुहको शीर्ष स्थानमा छ भने दुई खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा नेपालले अमेरिकालाई परजित गरेको थियो भने वर्षाका कारण खेल प्रभावित भएपछि नामिबियासँग अंक बाँडेको छ ।
आयरल्याण्ड हिजो भएको दोस्रो खेलमा अमेरिकालाई ४६ रनले पराजित गर्दै पहिलो स्थानमा उक्लिएको हो । पहिलो खेलमा आयरल्याण्डले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline