यी पॉच वटा लक्षणहरु वेवास्ता नगर्नुस् नत्र क्यान्सर हुन सक्छ

यी पॉच वटा लक्षणहरु वेवास्ता नगर्नुस् नत्र क्यान्सर हुन सक्छ

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

अक्सर हामीलाई कतिखेर क्यान्सर हुन्छ पत्तो हुदैन । खास लक्षणहरु अनुभूति नगर्दा मानिस क्यान्सरको संक्रमणको ठूलो मारमा परीसकेको हुन्छ । तर यदी हामीले निम्न लिखित लक्षणहरुलाई ध्यान दिएर सतर्क हुने हो वा वेवास्ता नगर्ने हो भने क्यान्सरको प्रारम्भिक चरणमै हामीलाई थाहा हुन सक्छ । जसले हामीलाई ठूलो प्राणघातक रोगबाट बचाउन सक्छ ।

१. कुनै पनि भागको निरन्तर दुखाई
तपाईको शरीरको कुनै पनि भाग या अंग निरन्तर दुखिरहन्छ भने यसलाई हेलचेक्याई नगरी डाक्टरसग‘ जाच गरी परामर्श लिनुहोस् । यस्तो निरन्तर दुखाई क्यान्सरको लक्षण हुन सक्छ । अझ महिलाहरुको स्तन वरिपरि कुनै पनि बदलाव आएमा अझ छिटो परामर्श गर्नु आवस्यक छ । स्तनक्यान्सर शुरुवाती चरणमा पहिचान गर्न गाह्रो हुन सक्छ ।

२. निरन्तर ज्वरो आउदा
तपाईलाई निरन्तर ज्वरो आईरहन्छ भने पनि त्यो क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सरको विकासका चरणहरुमा ज्वरो तलमाथि भएर आईरहन सक्छ ।

३. एकाएक तौल घट्नु
७ देखि ११ दिन भित्र अचानक शरीरको तौल १० प्रतिशत भन्दा कम भयो भने पनि चिन्ताको विषय हुन सक्छ । अझ शारीरीक श्रम कम गर्ने मानिसको तौल घटेमा तुरुन्त चेकअप गराईहाल्नुस् ।
४. सधै थाक्नु

हर हमेसा तपाईलाई थकाई मात्रै लाग्छ , कमजोरी महसुस हुन्छ र छालामा बदलाव आउछ भने त्यो पनि क्यान्सरको लक्षण हुन सक्छ तुरुन्त श्वास्थ्य परीक्षण गर्नु आवस्यक छ । चुरोट खैनी खानेहरुले अझ बढी यसमा ध्यान दिनु आवस्यक छ ।

५. तनाव बढ्नु

तपाई धेरै तनावमा रहने गर्नु भएको छ र तपाईको दिशाको रंग बदलिएको छ वा पिशाव पनि कालो कालो खालको भएको छ भने तुरुन्त डाक्टरलाई भेट्नु आवस्यक छ । आजभोली व्यस्त जीवन शैलीका कारण पनि मानिसमा तनाव बढेको छ जसले डिप्रेसन जस्ता समस्या बढाउदै अन्य समस्या र क्यान्सर सम्म पनि निम्त्याएको देखिएको छ ।

उपरोक्त लक्षणहरु तपाईले अनुभूति गर्नु भएको छ भने आफ्नो श्वास्थ्यको परीक्षण तत्कालै गराएर श्वास्थ्य लाभ लिनुहोला । अन्यथा रोगले च्यापिसके पछि निको हुन एक त पैसा धेरै खर्च हुन्छ भने अर्कोतिर निको हुन मुस्किल पनि बन्दै जान सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी