असार २७, एजेन्सी ।
इङल्याण्डले एसेज सिरिजको पहिलो टेस्टमा अस्ट्रेलियालाई १ सय ६९ रनले पराजित गरेको छ । गएराति सोफिया गार्डेनमा भएको खेलमा ४ सय १२ रनको लक्ष्य पाएको अस्ट्रेलियालाई २ सय ४२ रनमा सीमित गर्दै इङल्याण्डले घरेलु मैदानमा सहज जित हात पारेको हो ।
अस्ट्रेलियाले ३५ बलमा ९ रनका लागि चार विकेट गुमाएपछि इङलिस टीम खेलमा हावी भएको थियो । जितपछि इङल्याण्डले सिरिजमा १–० को अग्रता लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline