काठमाडौं, २७ असार ।
ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत शनिबार राति भएको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि नेपाल र नामिबियाले अंक बाँडेका छन
टस जितेर पानी रोकिएपछि नामिबियाले ब्याटिङ सुरु गरेको थियो तर वर्षाका कारण खेल डकवर्थ लुइस नियमका आधारमा १७ ओभरमा छ्ट्याइएको थियो । फिल्डिङ रोजेकोे नेपालले खेल सुरु हुँदै पानी परेपछि शनिबार बेलुका सात बजे सुरु हुने भनिएको खेल केहि बेर ढिलो सुरु भएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ दशमलव ४ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाएको अवस्थामा फेरि पानी परेपछि खेल रद्द गरिएको थियो । नामिबियाका स्टेफन ब्राडले नटआउट ३९ रन बनाए बनाउदा नेपालका कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।
खेल वर्षाले प्रभावित भएपछि नामिबिया र नेपालले एक एक अंक बाँडेपछि समुह एमा रहेको नेपाल दुई खेलबाट तीन अंक सहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । नामिबिया भने दुई खेलबाट एक अंक सहित चौंथो स्थानमा छ ।
नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने नामिबिया पहिलो खेलमा आयरल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।
जर्सी ९ विकेटले विजयी
पहिलो पटक विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गरिरहेको जर्सीले हिजो सनसनी प्रदर्शन गर्दै हङकङलाई ९ विकेटले पराजित र्गयो ।
पहिला ब्याटिङ गरेको हङकङले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाई १ सय ५३ रन बनायो ।
त्यस्तै समूह ‘बी’ अन्र्तगतको खेलमा नेदरल्यान्ड्सले सहआयोजक स्कटल्यान्डलाई ३२ रनले पराजित गरेको छ । ओमानमाथी ७ रनको विजय हात पार्दै केन्याले लगातार दोस्रो जित हात पारेको हो ।
