संबिधानको मस्यौदाले नँया युद्ध निम्त्यायो : राई

संबिधानको मस्यौदाले नँया युद्ध निम्त्यायो : राई

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ ,२६ असार ।

संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता असोक राईले चार दलको सहमतीमा ल्याईएको संबिधानको मस्यौदाले नया क्रान्तिको जन्म गराएको बताउनु भयो।

राजधानीको संबाद डवलीमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले जनचाहना बिपरीत चार दलको स्वार्थमा बनेको संबिधानको प्रारम्भीक मस्यौदाले देशमा नँया युद्ध निम्त्याएको बताउनु भयो ।

उहाले संघियता ,धर्मनिरपेक्षता ,शासकीय स्वरुप र न्यायप्रणली जस्ता बिषयमा गम्भिर नभई सहमती भएका बिषयलाई पछि छाडेर स्वार्थपुर्ण रुपमा मस्यौदा तयार गरीएको बताउनु भयो ।

एमाले काग्रेसले अहिले भुकम्पपछि जनतालाई भ्रम छरी संघियता र पहिचानलाई पछाडि छाडि नाम मात्रको संघिय लोकतान्त्रीक संबिधानको नाटक मंचन गरीरहेको आरोप लगाउनु भयो ।

कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु रावतले गैर नागरीकलाई नागरीकता दिएको तर बास्तविक नेपाली नागरीकले भने पाउन नसकेको बताउनु भयो ।

उहाले नेपाल भारत सिमाका जनताले भोगेको समस्या राज्य सन्चालन गरीरहेकाहरुले बुझ्न नसक्दा त्यहाका जनता नागरीकता बिहिन भईरहेको भन्दै अबको संबिधानले पनि ती जनताको अधिकार सुनिश्चित गर्न नसक्ने बताउनु भयो ।

संघियताको खोल भित्र गम्भिर किसीमको एकात्मक ब्यावस्थाको अभ्यास गरीने प्रणालीको आभाष मस्यौदामा रहेको भन्दै उहाले त्यसको बिरोध गर्नुभयो ।


यस्तै सोहि पाटीका उपमहासचिव दानबहादुर बिश्वकर्माले अहिलेको मस्यौदामा दलित शब्द राखेर सिधै अपमान गरेको भन्दै त्यसको सट्टा सिल्पी समुदाय भनेर सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

पार्टिका सचिव पर्शुराम बस्नेतले नेपाल प्राकृतिक प्रकोप देखिईरहने देश भएकाले बिपद् ब्यावस्थापन आयोग बनाई विकास निर्माणका काम अघि बढाउन संबिधानको मस्यौधामा नै समावेश गर्नुपर्ने बताउनु भयो ।

मेची कालि शन्देश अभियानको अवसरमा संघिय समाजवादी फोरम नेपालको भातृ संगठन गैर भौगोलीक राजधानी बिशेष जिल्ला समितिले आज संबिधानको प्रारम्भीक मस्यौदाका बिषयमा अन्तरक्रिया कार्यक्रम संन्चालन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी