काठमाडौ २६ असार । ट्वान्टी २० विश्वकप क्रिकेट छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज नामिवियासँग प्रतिपर्धा गर्दैछ ।
पहिलो खेलमा जित हात पारेपछि उत्साहित बनेको नेपाली टोली दोस्रो खेल पनि आफ्नो पक्षमा पार्ने लक्ष्य सहित मैदान उत्रिदैछ ।
समुह चरण पार गरेर अर्को चरणमा पुग्ने आधार बनाउन नेपालले आज नामिबियालाई पराजित गर्नुपर्नेछ ।
नामिबिया ट्वान्टी २० क्रिकेटमा नेपाललको नयाँ प्रतिध्वन्धी हो । तर वान डे क्रिकेटमा भने नेपालले नामिबियालाई एकपटक पराजित गरेको छ ।
यसअघि गएराति भएको खेलमा अमेरीकालाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ । अमेरीकाले दिएको १ सय २२ रनको चूनौती नेपालले १९ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पुुरा गरेको थियो । समुह ए कै अर्को खेलमा आज हङकङ र जर्सी भिड्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline