विश्वकप छनोट खेलमा नेपालको विजयी शुरुवात , अमेरीका ६ विकेटले पराजीत

विश्वकप छनोट खेलमा नेपालको विजयी शुरुवात , अमेरीका ६ विकेटले पराजीत

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ २५ असार
अर्को वर्ष भारतमा हुने विश्वकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपालले अमेरीकालाई ६ विकेटले हराएको छ ।
आजै राति सम्पन्न खेलमा नेपालले अमेरीकाले दिएको १ सय २२ रनको चूनौती ४ विकेट गुमाएर १९ दशमलव ४ ओभरमा पुुरा गऱ्यो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक पुरा गर्ने क्रममा ४३ बलमा ५२ रन जोडे । आज ओपनरका रुपमा अनील मण्डल र सागर पुनलाई खेलाईएको थियो । अनील मण्डलले २९ रन जोडे । सागर पुन ५ रनमा आउट भएका थिए । त्यसै गरी विनोद भण्डारी ७ रनमा आउट भए ।
टस जीतेर व्याटीङ गरेको अमेरीकाले २० ओभरमा खेलमा १० विकेट गुमाउदै अमेरिकलो १२१ रन बनाएको थियो ।
वलिङ तर्फ नेपालका शक्ति गौचन र बसन्त रेग्मीले समान तीन तीन विकेट लिए भने सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट लिएका थिए ।
अमेरीकाका लागि अल डडसनले ३९ तथा फहेद बाबरले २३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।
आयरल्याण्ड र स्कटल्याण्डमा हिजोबाट सुरु भएको खेलमा १४ देशको सहभागीता रहेको छ  । यो समुहमा शीर्ष दुई टोलीले सिधै विश्वकप खेल्न पाउने छन् भने ४ वटा टिमले प्ले अफ् खेल्नु पर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी