खसीको भन्दै बाख्राको मासु बेच्ने गरेको खुलासा

खसीको भन्दै बाख्राको मासु बेच्ने गरेको खुलासा

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

जनकपुर, २५ असार ।

जनकपुर नगरक्षेत्रमा मासु व्यावसायीहरुले खसीको भन्दै बाख्राको मासु बेच्ने गरेको खुलेको छ ।

जिल्ला पशुसेवा कार्यालयले गरेको अनुगमनका क्रममा ५० प्रतिशत बाख्राको मासु बिक्री हुने गरेको भेटिएको हो । जिल्ला पशु सेवा कार्यालय धनुषाका अनुसार त्यहाँका मासु बिक्रेताले खसी भन्दै ५० प्रतिशत बाख्राको मासु बिक्री गर्ने गरेको पाइएको छ ।

आज बिहान जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा शम्भू साहको नेतृत्वको टोलीले नगरक्षेत्रका मासु पसलमा अनुगमन गर्दा दुईवटा पसलमा बाख्राको मासु बिक्री गरेको फेला पारेको छ ।

जनकपुर उपमहानगरपालिका–१ मा रहेका १५ ओटा पसलहरुमा अनुगमन गर्दा सुलेमान धोवी र सद्दाम दर्जीको मासु पसलमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको फेला पारेको थियो ।

अनुगमन टोलीले दुवै पसलबाट करिब २० हजार मूल्य बराबरको बाख्राको मासु नियन्त्रणमा लिई नष्ट गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी