काठमाण्डौ , असार २५ ।
लिपुलेक हाम्रो हो , बैदेशिक हस्तक्षेप बन्द गर भन्ने नाराका साथ विप्लवब नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।
माओवादीले देशभरबाट आफ्ना नेता कार्यकतालाई काठमाण्डौमा भेला गरी आज दिउसो १ बजे शान्तिबाटिकाबाट र्याली निकालेर लिपु लेक सम्झौताको बिरोध गरेको हो ।
महासचिव नेत्रविक्रम चन्द विप्लबको नेतृत्वमा शान्तिबाटिकाबाट सुरु भएको र्याली सहिदगेट, सुन्धारा हुदै शान्तिबाटिकामा नै पुगेर सभामा परिणत भएको छ ।
र्यालीमा प्रवत्ता खड्कबहादुर विश्वकर्मा लगायत केन्द्रिय नेता तथा देशभरका नेता कार्यकर्ताको सहभागीता थियो ।
- र्यालीमा सहभागी नेकपा माओवादीका केन्द्रिय नेताहरु
सभालाई सम्बोधन गर्दे बिप्लबले लिपुलेक सम्झौता राष्ट्रघाती भएको भन्दै सो सम्झैता खारेजीको लागी सबै राष्ट्रप्रेमी नागरिक एक हनुपर्ने बताउनुभएको छ ।
उहाँले नेपाली जनताको स्वाधिनतामाथी ठुलो हस्तक्षेप हुँदाहुदै पनी यो सरकार गुपचुप रहेको अवस्थामा आफुहरुले स्वाधिनताको रक्षाका लागी आवाज उठाउनुपरेको बताउनुभयो ।
यो राष्ट्रघाती सम्झैता खारेज नभएसम्म आफुहरु निरन्तर आन्दोलनमा रहर्ने बताउनुभयो ।
यसअघि बोल्दै नेता धर्मेन्द्र बास्तोलाले नेपाली भुमि लिपुलेकलाई ब्यापारीक नाका बनाउने भारत र चीनको निर्णय नेपाली राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै बिरोध गर्नुभएको थियो ।
भारत र चीनबीच भएको नेपाली भूमि लिपुलेकलाई व्यापारीक केन्द्र बनाउने सम्झौता विरुद्ध नेकपा माओवादीले शक्ति प्रदर्शन गरेको हो ।
लिपुलेक सम्झौताको विरोधमा माओवादीले यस अघि देखि नै विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
यस्तै नेकपा माओवादीले चार दलबीच भएको १६ बुदे सहमतीको पनि बिरोध गरेको छ ।








