टि -ट्वान्टी विश्वकप छनौट खेलमा नेपालले आज अमेरिकाको सामना गर्दै

टि -ट्वान्टी विश्वकप छनौट खेलमा नेपालले आज अमेरिकाको सामना गर्दै

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ, २५ असार ।

भारतमा सन् २०१६ मा हुने  विश्वकप टि – ट्वान्टी प्रतियोगिताका लागि भैरहेको छनौट खेलमा आज नेपालले अमेरिकाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।

आयरल्याण्ड र स्कटल्याण्डमा हिजो सुरु भएको खेलमा १४ देशको सहभागीता रहेको छ  । समूह ए मा नेपालले अमेरिकासंग भिड्दै आफ्नो यात्रा प्रारम्भ गर्दैछ ।

प्रतियोगितामा सहभागी टिमलाई २ समूहमा बाडिएको छ । नेपाल समूह ए मा रहेको छ, जसमा अमेरिका, आयरल्याण्ड, पपुवा न्युगिनी, हङकङ, नामिबिया र जर्सी छन् ।

यसपटक अमेरिका कमजोर रहेकोले पनि नेपाल आफ्नो पहिलो खेलबाटै विजयी सुरुवात गर्ने दाउमा छ । सबैखाले क्रिकेटमा नेपाल र अमेरिकाले यसअघि १९ खेल खेलेका छन् । जसमा ११ खेलमा नेपाल विजयी भएको छ ।

तर, टी–२० क्रिकेटमा भने नेपाल र अमेरिकाबीच भएको एक मात्र खेलमा अमेरिकाले बाजी मारेको थियो । सन् २०१३ मा भएकोे अभ्यास खेलमा ५ विकेटले हारेको नेपाल आज सोही प्रतिद्धन्द्धीलाई हराउँदै जारी प्रतियोगितामा विजयी सुरुआत गर्न चाहन्छ ।

तथापि एक दिवसीयतर्फ भने अमेरिका र नेपाल १० पटक भिडिसकेका छन् । जसमध्ये ५ खेल नेपाले जितेको थियो  भने ३ खेलमा नेपालले हार बेहोरेको छ  र  २ खेल रद्द भएका थिए ।

त्येसैले यो खेलमा पनि नेपालले अमेरिकालाई पाखा लागाउन सक्छ भन्ने धेरैको अनुमान छ । आज नेपाल विजयी लक्ष्यका साथ मैदान उत्रिदै छ ।

यस्तै आइसीसी विश्व क्रिकेट छनौट प्रतियोगिताको हिजो भएको उद्घाटन खेलमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ । सहआयोजक स्कटल्याण्डले युएईलाई ९ विकेटले हराउदै विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताबाट ६ टोली आउँदो वर्ष भारतमा हुने विश्वकप टी–२० का लागि छानिने छन् । दुबै समूहका विजेता सोझै विश्वकपमा छानिने छन् भने दोस्रो, तेस्रो र चौथो हुने टोलीले ‘प्ले अफ’ खेल्ने अवसर पाउनेछन् । नेपाल र अमेरीकाबीचको खेलको लाईभ अपडेट www.mirmireonline.com  मा हुने छ ।

नेपालले गत वर्ष बंगलादेशमा भएको टि ट्वेन्टी विश्वकपमा राम्रो प्रदर्शन गर्दै हङकङ र अफ्गानिस्तान विरुद्ध जीत हात पारेको थियो । आगामी वर्ष पनि नेपाल विश्वकप खेल्न सफल रहने अपेक्षा सहित मिर्मिरे परिवार नेपाली टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी