काठमाडौ २३ असार ।
वैशाख महिनाको विद्यालय शुल्क आधा मात्र लिने सहमति भएपनि राजधानीका केही विद्यालयहरुले पुरै शुल्क असुलीरहेका छन् ।
राजधानीको नरदेवीमा रहेको Next Generation Residential Academy ले गत वैशाख महिनाको पुरै शुल्का लिनुका साथै १५ प्रतिशत मासिक शुल्क बढाएको छ ।
वैशाख १२ गते गएको विनासकारी भुकम्पका कारण बिद्यालय संरचनामा क्षति पुगेको भन्दै अभिभावकलाई पुरै महिनाको शुल्क बिद्यालयले लिईरहेको अभिभावकले बताएका छन् ।
- हेर्नुस स्कुलले पठाएको विल । अभिभावकको अनुरोधका आधारमा उनको नाम भने राखिएको छैन विलमा ।
विद्यालय प्रशासनले आफूहरुलाई छुट्टा छुट्टै बोलाएर पुरै शुल्का तीर्न दवाव दिइरहेको अभिभावकहरुको गुनासो छ । उनीहरुले बिद्यालयमा बढी क्षति पुगेकोले छुट दिने अवस्था नरहेको भन्दै पुरै महिनाको पैसा दिन मनोवैज्ञानिक दबाब दिने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकले बताए ।
महिना शुल्क छुट नगरेको बिषयमा आफुले बोल्दा बिद्यालयमा आफ्ना छोराछोरीमाथि तनाव दिन सक्ने भन्दै अभिभावकहरुले समाचार प्रकाशन प्रसारण गरीदिन तर आफुहरुको नाम भने उल्लेख नगर्न आग्रह गरेका छन् ।
यता विद्यालय निरीक्षक रिमा भट्टाराईले भने भूकम्पबाट विद्यालयको संरचनामा क्षति पुगेकाले वैशाख महिनाको पुरै शुल्का लिएको बताउनु भयो ।
शुल्का वृद्धिको सम्बन्धमा भने उहाले यसअघि प्याबसनले गरेको निर्णय अनुसार नै आफूहरुले मासिक शुल्कमा १५ प्रतिशत बढाएर लिएको दावी गर्नु भयो ।
जिल्ला शिक्षा कार्यालय काठमाडौले वैशाख महिनाको पूर्ण शुल्का लिइएको पाईए तत्काल कार्वाहि गरिने बताएको छ । जिल्ला शिक्षा अधिकारी दिनेश कुमार श्रेष्ठले मिर्मिरेसग‘ कुरा गर्दै बिद्यालयहरुले बिद्यार्थीलाई छुट दिए नदिएको बिषयमा अनुगमनका लागी समिति बनाईएको र अनुगमन पश्चात पुर्ण शुल्क लिएको पाईए बिद्यालयलाई कार्वाहिको दायरामा ल्याउनुका साथै तिरिएको रकम फिर्ता गराईने बताउनु भयो ।
यस्तै काठमाडौका विद्यालय निरीक्षक सुर्य कोइरालाले राजधानीमा सन्चालित कतिपय बिद्यालयहरुले पुरै शुल्क लिएको उजुरी आएकोले भन्दै समितिको छानविन र अनुगमनपछि कदम चालिने बताउनु भयो ।
सरकार र निजी विद्यालयहरुको छाता संगठन प्याबसनबीचको छलफलमा भुकम्प पीडित बिद्यार्थीहरुलाई १५ दिनको शुल्क मिनाहा गर्ने सहमति भएको थियो ।
यो एकेडेमी सहित विभिन्न पुरा शुल्क लिने विद्यालयहरुलाई कार्बाही गर्ने जिल्ला शिक्षा कार्यलय काठमाण्डौंको भनाई छ ।
