असार २२ डोल्पा
डोल्पाको सदरमुकाम दुनै बजारमा एक महिना देखि इन्टरनेट सेबा अरुद्द हुादा समेत नेपाल टेलिकमको ध्यायन पुग्न सकेको छैन ।
अबरुद्द इन्टरनेट सेबा सुचारु नहुादा कार्यालयी कामकाजहरु समेत प्रभाबित हुने गरेका छन ।
नेपाल टलिकम डोल्पाले उपलब्ध गराउदै आएको एडिएसएल सेबाबाट संचालित इन्टरनेट सेबा अबरुद्द भएको एक महिना भइसकेको र सुचारुको लागि आफुले नेपाल टेलिकमको क्षेत्रिय कार्यालय र केन्द्रिय कार्यालयमा बारम्बार ताकेता गर्दा समेत कुनै सुनुवाइ नभएको नेपाल टलिकम दुनै डोल्पाका प्रमुख दयाबिक्रम केसिले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका कम्प्युटर अपरेटर सन्तोष बोहराले इन्टरनेट सेबा अबरुद्द भएपछि कार्यालयको डाटाबेश कार्यक्रम बन्द भएको जसले गर्दा प्रशासनमा आउने सेबाग्राही समेतले समयमा सेबा प्राप्त गर्न नसकेको बताए ।
नेपाल टलिकमका अनुसार एडिएसएल अन्तरगतको इन्टरनेट सेबाको क्षमता बढीमा ९६ लाइनको भएपनि डोल्पाको सदरमुकाम दुनै बजार र सरकारी तथा ग्रैह्रसरकारी कार्यालय समेत गरेर एडिएसएल अन्तरगतको इन्टरनेट सेबाका ग्राहकहरु ५१ ओटा मात्र भएपनि सेबाग्राहीहरुले भने प्रभावकारी रुपमा सेबा प्राप्त गर्न सकेका छैनन् ।
मानव जीवनको लागि संबंदनसिल सेबा मानिएको संचार जस्तो क्षेत्रमा नेपाल टेलिकमले देखाएको डोल्पाको अबरुद्द इन्टरनेट सेबा प्रतिको उदासिन्ता प्रति सम्बन्धित निकायको समयमै ध्यायन पुग्नु जरुरी छ ।