डोल्पा, असार २२ ।
डोल्पाको ऐतिहासिक नगरि त्रिपुराकोट गाबिस स्थित रल्ली गाउँमा रहेको प्राचीन ऐतिहासिक स्थल ताराश्रीनगरिमा पुरातत्व बिभगले उत्खनन् गर्दा बहुमुल्य बस्तुहरु भेटिएका छन ।
पुरातत्व बिभागका पुरातत्व अधिकृत भास्कर ज्ञावलीको नेतृत्वमा डोल्पा पुगेको तिन सदस्यीय टोलीले एक साता लगाएर रल्ली गाउँको राजारानी देबस्थलसंगै जोडिएको ताराश्रीनगरिमा असारको दोश्रो साताबाट उत्खनन् कार्य शुरु गरेको थियो ।
डोल्पाको रल्ली गाउँमा रहेको प्राचीन ऐतिहासिक नगरिको रुपमा प्रख्याति कमाएको ताराश्रीनगरिको उत्तखनन्का लागि आर्थिक वर्ष २०७१ ।०७२ का लागि ५लाख बजेट पुरातत्व बिभागले बिनियोजन गरेको थियो ।
पुरातत्व बिभागले डोल्पाको रल्ली गाउँस्थित ताराश्रीनगरिमा गरेको उत्खनन्को क्रममा प्रायजसो समकालिन युगमा मानिसहरुले प्रयोग गरेका बन्दोबस्तीका समाग्री र बहुमुल्य बस्तुहरु फेला परेका हुन । ताराश्रीनगरि प्राचीन युगमा मल्लकालिन ताकाका राजाहरुले आफ्नो सुरक्षाको लागि प्रयोग गरिएको हुनसक्ने तथ्य पत्ता लागेको छ ।
अनुसन्धान तथा उत्खनन्को क्रममा ३ ओटा मानव गुफा र ३ओटा मानवबस्तीको लागि प्रयोग गरिएका भुमिगत भबनहरुमा गरिएको उत्खनन्बाट बहुमुल्य पुलिक बहुमुल्य धातुका माला प्राचीन हतियार र बन्दोबस्तीको लागि प्रयोग गएिका सामाग्री एबं मानव कंगालहरुको अबशेष भेटिएका छन ।
पुरातत्व बिभागले डोल्पामा गरेको पहिलो उत्खनन् कार्यको उद्देश्य र उत्खनन्को क्रममा भेटिएका बहुमुल्य प्राचीन बस्तुहरुको बारेमा जानकारी दिन डोल्पाको त्रिपुराकोट स्थित कोट बजारमा पत्रकार सम्मेलन गरेर सार्बजनिक कार्यक्रम गर्ने काम गरियो ।
रल्ली गाउँमा गरिएको जिल्लामै पहिलो उत्खनन् कार्यबाट राजारानीदेबस्थल क्षेत्रसंगै रहेको ताराश्रीनगरिलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्नमा सहयोग पुग्ने कार्यक्रममा पुरातत्व बिभागका अधिकृत भास्कर ज्ञावलीले बताए ।
अनुसन्धान तथा उत्खनन्को क्रममा भेटिएका बहुमुल्य प्राचीन बस्तुहरु के कति पुराना हुन वा कुन कुन समकालिन हुन वा होइनन् भन्ने कुराको पहिचान बैज्ञानिकहरुको बिषेशज्ञ सहितको टोलीले बैज्ञानिक परिक्षण गरेपछि थाहा हुने र उत्खनन्को क्रममा भेटिएका बस्तुहरु पुराततव बिभागको निर्णय अनुसार केन्द्रिय संग्रालय वा क्षेत्रीय संग्रालयमा कहाँ राखिने हो अन्तिम बैज्ञानिक परिक्षण पछि थाहाँहुने पनि भास्कर ज्ञावालीले बताए । 
भौगोलिक बिकटता र प्राकृतिक सुन्दरताले धनि डोल्पा पुरातात्विक हिसावले पनि महत्वपुर्ण रहेको र डोल्पाको ताराश्रीनगरिमा गरिएको उत्खनन् पहिलो चरणको पाइलट कार्यक्रम भएकाले अझै पुर्णरुपमा उतखनन् गर्न बाकी रहेको पुरातत्व बिभागले जनाएको छ ।
पुराततव बिभागका अनुसार त्रिपुराकोट गाबिसको रल्ली गाउँमा स्थित राजारानीस्थल नजिकै रहेको ताराश्रीनगरि र त्यस आसपासको क्षेत्रमा समेत थप अनुसन्धान र उत्खनन् हुन आबश्यक रहेको र अझै पनि प्रभावकारि रुपमा पुराना प्राचिन ऐतिहासिक स्थलको उत्खनन्मा स्थानीय बासिन्दाको रचनात्मक सहयोग रहेमा यस क्षेत्रलाई पर्यटकीय रुपमा अगाडि बढाउन थप सहयोग पुग्ने देखिन्छ ।
पुरातत्व बिभागको आर्थिक वर्ष २०७१ र २०७२ का बार्षिक कार्यक्रममा त्रिपुराकोट गाबिसको रल्ली गाउँस्थित राजारानीदेबस्थलको उत्खनन् गर्ने कार्यक्रम अनुसार पुरातत्व बिभागको टोली डोल्पा पुगेको भएपनि रल्ली गाउँका केहि बासिन्दाको अबरोधका कारण राजारानीदेबस्थल संगै रहेको ताराश्रीनगरिमा उत्खनन् तथा अनुसन्धान कार्य गरिएको थियो ।
पहिलो चरणको उत्खनन् तथा अनुसन्धान कार्य सम्पन्न गरेर पुरातत्व बिभागको टोली राजधानी फर्केको छ ।एतिहासिक तथा पुरातात्विक हिसावले महत्वपुर्ण मानिएको डोल्पाको त्रिपुराकोट गाबिसको रल्ली गाउँस्थित राजारानीदेस्थल संगै रहेको ताराश्रीनगरिलाइ पर्यटकीय स्थलको रुपमा बिकास गर्न सके स्थानीय बासिन्दा जीवनस्तरमा सुधार आउने कुरामा दुइमत नहोला त्यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ