काठमाडौ २२ असार । ट्वान्टी २० विश्वकप छनोट खेलको तयारीमा रहेका नेपाली क्रिकेट टोलीले आज युएइसँग अभ्यास खेल खेल्दैछ ।
आएरल्याण्डको स्टोरमोन्टमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । छनोट प्रतियोगिता अघि प्रत्येक टीमले दुई अभ्यास खेल खेल्न पाउनेछन् ।
आगामी बिहीबार सुरु हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाको समना गर्नेछ । यसअघि हिजो ओमनसँग भएको खेल वर्षाका कारण प्रभावित भएपछि नतिजा बिहिन बनेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले १६ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर एक सय १५ रन जोडेको थियो । डर्क वर्थ एन्ड लेविस नियामअनुसार नेपालले जितका लागि १६ ओभरमा एक सय २६ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो ।
तर नेपालले तीन बल खेल्दा पुनः वर्षा सुरु भएपछि खेल रद्ध भएको हो । खेल रद्ध हुँदा नेपाली ब्याट्सम्यान सुवास खकुरेलले दुई बलमा पाँच रन बनाएका थिए ।