पोखरा, असार २१ ।
पोखराको पृथ्वीचोकमा रहेको सस्तो बजारमा अनियन्त्रीत रुपमा अबैध भाडा असुलेको बिषय सार्बजनिक भएपछि उक्त क्षेत्रका ब्यापारीहरुलाई आतंकित बनाईएको छ ।
मासिक ६३ हजारमा नेपाल एयरलाईन्सको जग्गा भाँडामा लिएर ब्यापारी संग मासिक ८ लाख असुलेको थाहा भएपछि ब्यापारीहरुले भाडा दिन ईन्कार गरेपछि उक्त बजारको ब्यबस्थापनको जिम्मा लिएका भरत गुरुङ्गले प्रहरी र अन्य मानिसहरुको प्रयोग गरेर धम्काउन थालेका छन ।
१० बर्षका लागि भाडामा लिएको उक्त जग्गाको समय आगामी चैत्रमा सकिदैछ । अनियन्त्रीत रुपमा सामान्य भाडा संझौताको पनि ख्याल नगरी भाडा असुल गरेपछि सो स्थानमा रहेका करिब साढे दुई सय ब्यापारीहरुले भाडा नदिने भनेपछि गुरुङ्गले राजनितिक पार्टीहरुको आडमा प्रसासनलाई समेत प्रयोग गरेको ब्यापारीहरुले बताएका छन ।
भाडा दिनको लागि नेपाल एयरलाईन्स संग भएको संझौताको माग गरेपछि गुरुङ्गले आफु असुरक्षीत भएको भन्दै प्रहरीमा उजुरी दिएकाले आफुहरुले सोधपुछ गरेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
खुलेआम कालोेबजारी र सरकारी सम्पतीका गलत प्रयोग भएको यथेष्ट प्रमाण आफुहरुले प्रसासन र संबन्धीत निकायमा बुझाएपनि आफुहरुको कुनै संबोधन नभएको ब्यबशायिहरुले गुनासो गरेका छन ।
आफुहरु चर्को भाडा तिरेर मारमा परिरहेको अबस्थामा उल्टो धम्काउने र आतंकित बनाउने काम प्रसासन बाट नै भएकोले न्यायको खोजि हुन उनिहरुले माग पनि गरेका छन ।
तत्कालिन अबस्थामा पोखरामा भएको फुटपाथ ब्यापार ब्यबस्थापन निति अन्र्तगत फुटपाथ ब्यबशायिहरु उक्त स्थानमा दैनिक ३५ रुपैयाँ भाँडा तिर्ने गरे बसेका थिए ।
एक बर्ष पछि नेपाल एयरलाईन्स संग भाडामा लिएका कृष्ण कुमार श्रेष्ठ र ब्यबस्थापनको जिम्मेवारी लिएका भरत गुरुङ्गले बिभिन्न प्रलोभन र त्रास देखाएर ८ लाख मासिक तिर्न बाद्य बनाएको बताईएको छ ।
उक्त स्थानमा ब्यापारीक ट्रस्टहरु पनि ब्यबशायिहरु आफैले र्निमाण गरेका हुन । अस्थाई र अन्य बिभिन्न संरचना र्निमाण भैसकेपछि ब्यबशायिहरु संग तोकेको भाडा नतिरे निकाल्दीने त्रास देखाएर मासिक ८ लाख तिर्ने गरि संझौता गरिएको उनिहरुको भनाई छ ।
मासिक रुपमा चर्को रकम उठाए संगै ब्यबशायिहरु संग ३७ लाख रुपैया धरौटी पनि मागिएको छ । करीब तिन करोडको संरचना भत्काउदा साढे दुईसय ब्यापारीको राजिरोटी खोसिने भएपछि आफुहरुले बाद्य भएर चर्को भाँडा तिर्न बाद्य भएको ब्यबशायिहरु बताउछन ।