काठमाडौ २१ असार । ट्वान्टी २० विश्वकप छनोट अन्तरगत नेपालले आज ओमनसँग अभ्यास खेल खेल्दैछ ।
आगामी बिहीबार सुरु हुने प्रतियोगिता अगाडि प्रतयेक टीमले दुई अभ्यास खेल खेल्न पाउनेछन् ।
जस अन्तरगत नेपालले आज ओमनसँग र भोली युएईसाग अभ्यास खेल खेल्दैछन् ।
हालै नेदल्याण्डसँग चार ट्वान्टी खेल खेलेको नेपाली क्रिकेट टोली उत्तरी आयरल्याण्ड पुगिसकेको छ ।
बेलफास्टको स्टोरमोनटमा नेपालले दुवै अभयास खेल खेल्नेछ । विश्व ट्वान्टी २० छनोटमा नेपाल समुह ए मा छ भने ओमन र युएई समुह बी मा रहेका छन् ।
यसअघि नेपाल र ओमनको भेट एसीसी ट्वान्टी २० कपमा तीन पटक भइसकेको छ । जसमा नेपालले ३ खेल जितेको थियो भने एकमा हार बेहोरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline